अपाङ्गता भएका ब्याक्तिमाथि हुने याैन तथा लैङ्गिक हिंसाकाे अन्त्यका लागि अन्तरक्रिया



Live Gulmi


गुल्मी साप्ताहिक पत्रिका, २४ माघ / गुल्मीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे आयोजनामा  ‘अपाङ्गता भएका ब्याक्तिमाथि हुने याैन तथा लैङ्गिक हिंसा’ बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइतबार जिल्लाकाे सदरमुकाम तम्घासमा  राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रहरी शर्मा र लुम्बिनी प्रदेश अध्यक्ष गाेमा पाण्डेसहित गुल्मीका सराेकारवाला निकायहरूकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष शर्माले आफूहरुले  कानुन/नीति बनाउने, जनचेतना जगाउने,  नेटवर्किङ र  संस्थासँग आबद्ध भएकाहरुकाे क्षमता विकास गर्ने आफूहरूकाे मुख्य काम भएको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सिता भण्डारीले वास्तविक अपाङ्गता भएकाहरुलाई परिचयपत्र वितरण गरेर न्याय दिएको र नक्कली अपाङ्गता बन्नेहरुलाई पहुँचकाे भरमा परिचयपत्र दिने कुनै काम नभएको बताएकी थिइन् । प्रमुख अतिथि भण्डारीले  वास्तविक अपाङ्गता भएकाहरुलाई मात्र आफुहरुले परिचयपत्र दिएको बताइन् । वास्तविक अपांगतालाई न्याय दिने र  नक्कली अपाङ्ग बन्नेहरुलाई परास्त गर्ने उनको जाेड थियो ।
इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले आफूहरुले अपाङ्गता भएकाहरुकाे सेवा र सुविधाको लागि कार्यविधि बनाएर छुट्टै बजेट विनियोजन गरि काम भएको बताइन् ।
कार्यक्रममा आशा अपाङ्ग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीले विश्वका सबै देशमा अपांगहरु हेपिएकाे भन्दै यसको अन्त्य हुन जरुरी रहेको बताइन् । अफ्रिकी देशमा अपांग हुनु भनेको पुर्व जन्मकाे फल हो भनेर अपाङ्गता धेरै हेपिएकाे आफूले देखेको भन्दै त्यसतर्फ आफ्नो आन्दोलन जारी रहने रायमाझीले बताएकी थिइन् ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टाेपलाल अर्यालले अपाङ्गताकाे बिषयमा सामुहिक प्रयास हुन नसकेको बताएका थिए । स्थानीय सरकारले पनि अभियान अगाडि नबढाएकाेले त्यसतर्फ ध्यान उपस्थित जनप्रतिनिधिहरुलाई अर्यालले आग्रह गरे । पहुँचवालाकाे भरमा सेवा सुविधा केन्द्रित भएको  तर लक्षित वर्गले सेवासुविधा नपाएकोले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने पत्रकार अर्यालले बताए ।
अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका ब्याक्तिहरु आफ्नो परिवार र समाजमा धेरै हेपिएकाे भन्दै जनचेतना जगाएर यसको अन्त्य गर्नुपर्ने सहभागीहरुले जाेड दिएका थिए ।  अपाङ्गता कुनै ब्याक्तिगत र निजि समस्या नभई सामाजिक समस्या भएकोले अपाङ्गता भएकाहरुलाई हुने हिंसाकाे अन्त्यका लागि अभियान चलाउनुपर्नेमा सहभागीहरुकाे जाेड थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ गुल्मीका अध्यक्ष लाेकनाथ पन्थीकाे अध्यक्षता र राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गाेमा पाण्डेकाे संचालनमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गुल्मीका लेखा संयाेजक राममणी पन्थीकाे स्वागत मनतब्य रहेको थियो । कार्यक्रममा सराेकारवालाहरुकाे उपस्थिति रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया