८० वर्षीया वृद्धालाई बोकेर अस्पताल पुराउने स्वयंमसेविका थापा चर्चामा



Live Gulmi


गुल्मी साप्ताहिक पत्रिका,
गुल्मी १८ माघ / स्वास्थ्य स्वयंमसेविकाले ८० वर्षीया वृद्धालाई बोकेर कोरोना बिरुद्धको खोप लगाउन अस्पताल लैजान लागेको समयमा खिचिएको तस्बिर अहिले चर्चामा आएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ जुभुङ्गकी स्वास्थ्य स्वयंमसेविका लिला थापाले सोही ठाउँकी वृद्धा देबकला टण्डनलाई कोरोनाबिरुद्धको खोप लगाउन बोकेर अस्पताल लेजादैं गर्दा तस्बिर  खिचिएको थियो ।

घरबाट मोटरबाटो सम्म पुराउन २० मिनेट स्वास्थ्य स्वयंमसेविका थापाले टण्डनलाई बोकेकी थिइन् । मोटरबाटो राजा भन्ने स्थानमा निकालेपछि वृद्धालाई स्कुटरमा खोप केन्द्रसम्म पुराएर कोरोना बिरुद्धको खोप लगाइएको छ । ८० वर्षीया टण्डनलाई खोप लगाइसकेपछि स्कुटरमा खोपकेन्द्रबाट राजा भन्ने स्थानसम्म पुराएपछि बोकेर उनै स्वास्थ्य स्वयंमसेविका थापाले घरमा पुराएकी थिइन् । थापाले अप्ठ्यारो बाटोमा ७९ वर्षीया टण्डनलाई बोकेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा चर्चित नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले सार्वजानिक गरेका थिए । उपाध्यायले तस्विर सार्वजानिक गरेपछि उक्त तस्विर सामाजिक सञ्जालमा चर्चामा आउनुका साथै देशमा राष्ट्रिय पत्रपत्रिका र अनलाइनहरुले प्राथिमकतामा साथ प्रकाशन गरिरहेका छन् ।

Jeewan and Rajan Tailors

स्वयंमसेविका थापाको प्रतिक्रिया
सामाजिक सञ्जालमा चर्चा भएपछि स्वास्थ्य स्वयंमसेविका थापाले सेवाको लागि वृद्धालाई बोकेको प्रतिक्रिया दिएकी छिन् । ‘मैले देखाउनको लागि बोकेर लगेको होइन ।’  स्वयंमसेविका थापाले भनिन्, “आमाको हिड्न नकसक्ने र उहाँको घरमा सहयोग गर्ने अरु कोही नभएकोले मैले बोकेर कोरोना बिरुद्ध खोप लगाउन लगेकी हुँ ।” थापा विगत ७ वर्षदेखि गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ जुभुङ्गकी स्वास्थ्य स्वयंमसेविकाको रुपमा कार्यरत छिन् । उनले वृद्धालाई बोकेरे लैजादै गर्दाको तस्विर छिमेकीले खिचिदिएका थिए । धेरै मिलेर स्टेचरमा बोक्न पनि बाटो उकालो–ओरालो र साँघुरो भएकोले स्वयंमसेविका थापाले एक्लै बोक्न बाध्य भएकी हुन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया