खुमन अधिकारीकाे साँस्कृतिक प्रस्तुतिसँग झुम्दै इस्मा



टाेपलाल अर्याल


गुल्मी । गुल्मी इस्माको दोहली स्टार क्लवको बार्षिक उत्सवको समापनलाई भव्य बनाउन राष्टिय लोक दोहोरी गायक खुमन अधिकारी आउने भएका छन् । इस्मा गाउँपालिका ४ दोहलीको दोहोली स्टार क्लवले मंसिर ११ देखि १३ गतेसम्म बिबिध खेलकुद तथा साँस्कृति कार्यक्रम आयोजना गरेको छ ।

लोक दोहोरी गायक अधिकारीसंगै हरि खत्रीको पनि मंसिर १३ गते बेजोड सांगीतिक प्रस्तुती रहेको क्लवका अध्यक्ष केशब जिसीले जानकारी दिए । क्लवले बर्सेनी बार्षिक उत्सवको अवसरमा कार्यक्रम गर्दै आएको छ ।

शुक्रबारबाट वडा स्तरिय खुल्ला पुरुष भलिवल र ३५ बर्ष माथिका भेटान भलिवल प्रतियोगीता सुरु हुनेछ । खुल्ला पुरुष तर्फ प्रथम, द्धितिय र तृतियले क्रमश ५०, ३० र २० हजार रुपियाँ नगदसहित मेडल र टफी प्राप्त गर्नेछन् ।

भेट्रान तर्फ प्रथम र द्धितियले क्रमश २० र १० हजार रुपियाँ नगदसहित मेडल र टफी प्राप्त गर्ने क्लवका अध्यक्ष जिसीले जानकारी दिए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया

[publishpress_authors_box]