दुबई, यूएई । गल्याङ्ग नगर समाज यूएईको चौथो अधिवेशनबाट नवीन न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। दुबईस्थित गाउँबेसी रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले न्यौपानेको नेतृत्वमा सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
जीवन पंगेनी संयोजक तथा सूर्य गौतम र नारायण न्यौपाने सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रक्रिया टुङ्ग्याएको थियो। अधिवेशनबाट निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा पोखरेल, उपाध्यक्षमा नारायण भट्टराई, महिला उपाध्यक्षमा भगवती खनाल, महासचिवमा दीपा सुवेदी, सचिवमा बालकृष्ण भट्टराई, कोषाध्यक्षमा रेशम प्रसाद खनाल, सह-कोषाध्यक्षमा रिता पाण्डे र प्रवक्तामा प्रकाश भट्टराई चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा रमेश प्रसाद खनाल, यामकला पाण्डे, ज्ञानेन्द्र देव खनाल, मोनिका अधिकारी, अग्नि चापागाईं, अशोक खनाल, दामोदर बस्याल, दिपा भुसाल र शारदा भण्डारी रहेका छन्। स्याङ्जा सहयोग समाज यूएईका अध्यक्ष रेशम राज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न वैचारिक, सामाजिक तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधि, पत्रकार र समाजसेवीहरूको उपस्थिति थियो। कार्यक्रमका वक्ताहरूले गल्याङ्ग नगर समाजले प्रवासमा सामाजिक एकता, सांस्कृतिक संरक्षण र परोपकारी क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै नयाँ समितिलाई शुभकामना दिएका थिए।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले यसअघि संस्थाको कार्यसमिति सदस्य र महासचिवका रूपमा काम गरिसकेका छन्। पदभार ग्रहण गर्दै उनले आफ्नो विगतको अनुभवलाई संस्थाको सुदृढीकरणमा लगाउने प्रतिबद्धता जनाए। संस्थालाई अझ सक्रिय, पारदर्शी र उत्तरदायी बनाउँदै युएईमा रहेका गल्याङवासीहरूबीच आपसी सद्भाव र सहकार्यलाई मजबुत बनाउने उनको भनाइ थियो।
गल्याङ्ग नगर समाज यूएईले स्थापना कालदेखि नै युएईमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक र मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ।
– युवराज तिवारी









