सुजनको ‘बाबा भेट्ने’ धोको अधुरै रह्यो



अनिल खत्री


गुल्मी । करिब दस दिनदेखि गाउँमा छाएको उत्सवको माहोल एकाएक शोकमा बदलिएको छ । समाजसेवी प्रेम कुवरले हालै आफ्नै लगानीमा किनेको डबल क्याब गाडी गाउँलेले भव्य स्वागतका साथ भित्र्याएका थिए । वर्षाैंदेखि सवारी साधनको अभाव झेल्‍दै आएको गाउँले समुदाय आफ्नै गाडी पाउँदा उत्साहित बनेको थियो । तर यही खुसी केही दिनमै कहालीलाग्दो दुर्घटनाले शोकमा परिणत भयो ।

यो घटना, गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङ्ग निपानेकाे हो ।  मंसिर १ गते बेलुका करिब ७:२० बजे ०१००१ च ३५०२ नम्बरको डबल क्याब जिप दुर्घटनामा परेको थियो । निपाने निवासी २ वर्षदेखि भारतमा कार्यरत लक्ष्मण खत्री घर फर्किँदै थिए । भारतबाट नेपाल यात्रामा ढिलाइ हुने भएपछि उनले बाग्दुलासम्मका लागि सोही जिप रिजर्भ गरेका थिए। ‘बाबा आउने’ खबरले घरमा खुसी छाएको थियो।

१२ वर्षीय उनका एक्ला छोरा खेलप्रेमी सुजन खत्री, बुबासँगै भलिबल किनिदिने कुरा भएकोले आफैं पनि जिपमा जाने बताएका थिए । परिवारसँग भेट हुने उत्साह र नयाँ भलिबल पाउने उमङ्ग लिएर सुजन बुबा भेट्न हिँडे, तर बाग्दुला पुग्न नपाउँदै उनी कहिल्यै नफर्किने भए ।

प्युठानको ठुलाबेसी ठाटी भन्ने स्थानमा जिप अनियन्त्रित भई करिब ३० मिटर तल खोल्सामा खस्दा सुजनको घटनास्थलमै मृत्यु भयो । जिपमा चालक, सहचालकसहित तीन जना सवार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

( Jeevan rajan

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया