गुल्मीमा विश्व दृष्टि दिवस मनाइयो



Live Gulmi


गुल्मी ।  नेपाल नेत्र ज्योतिसँग गुल्मीद्वारा नेपाल प्रहरीको दृष्टि परीक्षण र ट्राफिक प्रहरीलाई सनग्लास हस्तान्तरण गरी विश्व दृष्टि दिवस मनाइएको छ। सदरमुकाम तम्घासमा अवस्थित जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्रमा नेपाल प्रहरीका ५४ जनाको दृष्टि परीक्षण गरी आँखाको समस्या भएकालाई निःशुल्क औषधि वितरण र २२ जनालाई रिडिङ ग्लास उपलब्ध गराइएको थियो भने जिल्लामा कार्यरत ट्राफिक प्रहरीका १९ जनालाई सनग्लास उपलब्ध गराइएको थियो कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला, विशेष अतिथि प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारी, नेत्र ज्योति संघका निवर्तमान सभापति शेरबहादुर थापा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली जिल्ला ट्राफिक इन्चार्ज ज्ञानबहादुर कुँवर पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष टोपलाल अर्याल लगायत नेत्रज्योति संघ गुल्मीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व नेपाल नेत्र ज्योति सङ्घ गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेयले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष वीरेन्द्र भुसाल र सञ्चालन सचिव पदमप्रसाद पाण्डेले गर्नुभएको थियो।

Love your eyes अर्थात् आफ्नो आँखालाई माया गरौँ भन्ने नाराका साथ मनाइएको यस वर्षको विश्व दृष्टि दिवसमा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कार्यक्रम अनुसार प्रहरीको निःशुल्क जाँच तथा निःशुल्क औषधि र चस्मा वितरण गरी मनाइएको आँखा उपचार केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतले बताउनुभएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया