रेसुङ्गामा १२ हजार सुन्तलाका बिरुवा रोपण अभियान शुभारम्भ



Live Gulmi


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले यस वर्ष १२ हजार सुन्तलाका बिरुवा रोपण गर्ने अभियान सुरु गरेको छ। अभियानको औपचारिक सुरुवात बुधबार भाडागाउँस्थित चेक्मी सुन्तला पकेट विकास समितिबाट गरिएको हो।

नगरपालिका मुख्यतः वडा नम्बर ३, ४, ५, ६ र १४ मा सुन्तला उत्पादनलाई तीव्रता दिने लक्ष्यसहित बिरुवा रोपणमा जुटेको छ। यस वर्ष चेक्मी पकेट क्षेत्रअन्तर्गत १४४ रोपनी जग्गामा तीन हजार बिरुवा रोपिनेछ भने अन्य बिरुवाहरू अभियानमार्फत अन्य स्थानमा रोपिने छन्।

किसानको प्रोत्साहनका लागि नगरपालिकाले किसानकै बारीमा पुगेर बिरुवा रोपेको हो। बिरुवा र खाडल तयारीमा ५० प्रतिशत र सिँचाइमा ८५ प्रतिशतसम्म अनुदान दिइएको छ। रोग र कीरा नियन्त्रणका लागि आवश्यक सबै सहयोग नि:शुल्क उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। साथै, नगरले किसानको मागका आधारमा बिरुवा वितरण पनि गर्दै आएको छ।

नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गाले यस वर्ष ५ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात गरिसकेको बताउँदै आगामी पाँच वर्षमा २५ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको जानकारी दिए।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया