इस्मा गाउँपालिकाबाट उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान



सुमन महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले कक्षा ८, १० र १२ मा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच ९ जना विद्यार्थीलाई प्रति व्यक्ति १० हजार रुपैयाँसहित सम्मान गरिएको हो।

गाउँपालिका शिक्षा शाखा प्रमुख किसान थापाका अनुसार, कक्षागत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूको मनोबल उच्च बनाउने र अन्य विद्यार्थीलाई पनि उत्कृष्टता हासिल गर्न प्रेरणा दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा बोल्दै इस्मा गाउँपालिका उपाध्यक्ष तथा अधिवक्ता पार्वती कुँवरले भनिन्, “शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुन्न, यो समाज रूपान्तरणको मूल साधन हो। इस्मा गाउँपालिकाले प्रतिभाको कदर गरेर शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ। हामीले सम्मान गर्दा केवल विद्यार्थी होइन, तिनका अभिभावक र शिक्षकहरूको पनि सम्मान भइरहेको हुन्छ। आगामी दिनमा गाउँपालिकाले ‘एक घर, एक उत्कृष्ट विद्यार्थी’ भन्ने लक्ष्यसहित नीति निर्माण गर्दैछ। आजको सम्मानले हाम्रो गाउँको भविष्य उज्यालो बनाउने विश्वास लिएको छु।”

कार्यक्रमका प्रमुख अतिथि इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले पनि गहकिलो अभिव्यक्ति दिए। उनले भने,
“हामीले शिक्षालाई दिगो विकासको मेरुदण्ड मानेका छौं। प्रतिभालाई पहिचान गरेर प्रोत्साहित गर्नुपर्ने आवश्यकता महसुस गरेर गाउँपालिकाले यो कार्यक्रम सुरु गरेको हो। अब पढ्नेलाई हौसला, नपढ्नेलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान कार्यक्रमलाई संस्थागत बनाउँदैछौं। आगामी आर्थिक वर्ष ०८२/०८३ मा कक्षा ८, १० र १२ मा ४.० जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख रुपैयाँसहित सार्वजनिक रूपमा सम्मान गर्ने नीति लिएका छौं। यो केवल पुरस्कार होइन, यो सन्देश हो— इस्मा अब शिक्षा क्रान्तिको यात्रामा अग्रसर छ।”

( Jeevan rajan

सम्मान कार्यक्रममा पालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया