मदानेले ल्यायो ५४ करोड ९४ लाखको बजेट



अनिल खत्री


गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड ९४ लाख रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ।

असार १० गते पुर्कोटदहस्थित गाउँपालिकाको सभाहलमा बसेको गाउँसभाको १७औँ अधिवेशन अन्तर्गत दोस्रो बैठकमा उपाध्यक्ष सरिता खड्काले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो।

सोही बैठकमा ‘मदाने गाउँपालिकाको विनियोजन विधेयक २०८२’ र ‘आर्थिक विधेयक २०८२’ पनि पेश गरिएको थियो।

गाउँपालिकाका सूचना अधिकारी सुशील पोख्रेलका अनुसार प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रमअनुसार आवश्यक क्षेत्रलाई समेट्ने गरी बजेट तयार पारिएको उनले जानकारी दिनुभयो।

( Jeevan rajan

बैठकमा गाउँपालिकाका सम्पूर्ण वडाध्यक्ष, वडासदस्य, जनप्रतिनिधि, कर्मचारी तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको पनि पोख्रेलले बताए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया