गुल्मीका नवीन अर्याल अनेरास्ववियुको २४ औं महाधिवेशनमा केन्द्रीय सचिव पदका उम्मेदवार



अनिल खत्री


गुल्मी । अनेरास्ववियुको २४ औं महाधिवेशनमा गुल्मीका सक्रिय युवा नेता नवीन अर्यालले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका अर्यालको उम्मेदवारीसँगै उनीप्रति विद्यार्थी तथा युवामाझ लोकप्रियता थप बढेको देखिन्छ।

काठमाडौंमा जारी महाधिवेशनमा उनले सचिव पदमा उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान सुरु गरेका छन्। वि.सं. २०७० सालदेखि अनेरास्ववियुमा सक्रिय सदस्यका रूपमा आबद्ध भएका अर्यालले रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सचिव, सभापति पदका उम्मेदवार तथा क्याम्पस कमिटी अध्यक्षका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

जिल्ला कमिटीमा सदस्य, सचिवालय सदस्य हुँदै सचिवको जिम्मेवारी सम्हालिसकेका अर्याल दुई कार्यकालसम्म केन्द्रीय सदस्यका रूपमा पनि क्रियाशील भइसकेका छन्। संगठनमा लामो समयदेखि समर्पित रहेका उनले संगठनात्मक दक्षता, वैचारिक स्पष्टता र मिलनसार स्वभावका कारण लुम्बिनी प्रदेश मात्र होइन, राष्ट्रिय स्तरमै परिचय बनाएका छन्।

उनीसँग सहकार्य गरेका विद्यार्थी र सहकर्मीहरू अर्यालको संगठनप्रतिको लगाव, वैचारिक परिपक्वता तथा नेतृत्व क्षमताको खुलेर प्रशंसा गर्छन्। होनहार विद्यार्थी नेता मानिने अर्यालमा विद्यार्थी आन्दोलनलाई प्रभावकारी ढंगले अगाडि बढाउने सशक्त क्षमता रहेको विश्वास गरिएको छ।

( Jeevan rajan

उनको उम्मेदवारीले अनेरास्ववियु भित्रको प्रतिस्पर्धालाई थप चर्काउने मात्र नभई नयाँ पुस्ताका नेताहरूको उदयसमेत संकेत गर्ने विश्लेषण गरिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया