गुल्मी महोत्सवमा प्रस्तुति दिन दुर्गेश थापा हेलिकप्टरमा



Live Gulmi


गुल्मी । गुल्मीमा जारी गुल्मी महोत्सवमा चर्चित गायक दुर्गेश थापा हेलिकप्टर मार्फत सहभागी भएका छन् । पछिल्लो समय दर्शक श्रोता मालोप्रिय गायक थापा मेला महोत्सवमा व्यस्तताका कारणले हेलिकप्टर मार्फत पुग्ने गरेका छन् ।

आयोजकका अनुसार गायक थापा सिम्रिक एयरको हेलिकप्टर मार्फत गुल्मी महोत्सवमा आएको भएको गुल्मी चेम्बर अफ कमर्स का अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । महोत्सवको ११औं दिन हुने यस कार्यक्रममा थापाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन् ।
गायक थापा हेलिकप्टरबाट सोमबार दिउँसो साढे दुई बजे तम्घास आएका थिए । उनले करिब डेढ घण्टासम्म सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले बताए ।
आयोजकले थापाको आगमनले महोत्सवको रौनक अझ बढ्ने विश्वास व्यक्त गरेका छन् । उनको पछिल्लो दुस्मन हेरेको हेरै भन्ने बोलको गीतका कारण दर्शक श्रोता माझ प्रिय छन् ।
युवा पीडिमा उनको अत्यन्तै लोकप्रियता रहेको छ । गायक थापासँगै गायिका ज्योति मगर पनि आउने कार्यक्रम रहेको छ ।
गुल्मी महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, र मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् । गायक दुर्गेश थापा पछिल्लो समय नेपाली संगीत उद्योगमा लोकप्रिय कलाकारका रूपमा स्थापित भएका छन ।
गुल्मीमा कृषि, पर्यटन उद्योग र व्यापार प्रवद्र्धन गर्न भन्दै वैशाख ५ गतेदेखि सञ्चालन भइरहेको महोत्सव वैशाख १७ गतेसम्म चल्नेछ ।

आयोजकले महोत्सवलाई केहि दिन थप्ने तयारी समेत गरेको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजना र जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.ली बुटवल, रूपन्देहीको व्यवस्थापनमा महोत्सव सञ्चालन भइरहेको छ ।
जिल्लामा भएका मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न विधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको आयोजकले जनाएको छ । महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको ।

( Jeevan rajan

महोत्सवमा टिकट शुुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ ।७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया