गुल्मी । स्वराेजगार लघुवित्त रेसुङ्गाद्वारा बिमा दाबी रकम हस्तान्तरण गरिएको छ । स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेड रेसुङ्गा शाखाले बिमित अर्घाखाँचीकाे मालारानाी गाउँपालिका वडा नम्बर २ की बसन्ता मरासिनीलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको हो ।
मंगलबार मरासिनीकै घरमा पुगेर स्वराेजगार लघुवित्त वित्तीय संस्था रेसुङ्गा शाखाका प्रबन्धक मुकेश प्रसाद उपाध्यायले बीमा दाबी रकम हस्तान्तरण गरेका हुन् । लघुवित्तबाट कर्जाका रुपमा चलाएको पाँच लाख रुपैयाँ बिमित बसन्ताका श्रीमान् कृष्णलाल मरासिनीकाे दुर्घटनामा मृत्यु भएपछि उक्त रकम तिर्न नपर्ने गरि छुट दिएर साे रकम हस्तान्तरण गरिएको हो । बसन्ताका श्रीमान् कृष्णलालकाे गत चैत २१ मा जीप दुर्घटनामा मृत्यु भएको थियो ।