सरगम सञ्जाल युबा क्लबको १४ औँ वार्षिकोत्सब भब्यताका साथ सम्पन्न



Live Gulmi


गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्ग निपानेमा अबस्थित सरगम सन्जाल युबा क्लबले आफ्नो १४ औं बार्षिकउत्सब भब्य गरि सम्पन्न गरेको छ । ३ दिन सम्म सन्चालन भएको कार्यक्रम नयाँ बर्ष २०८२ को अबसर पारि बैशाख १ गतेसम्म भएको थियो ।

प्रत्येक बर्ष आफ्नो बार्षिकउत्सब मनाउदै आएको क्लब अहिले १४ बर्षमा प्रवेश गरेको छ । चैत्र ३० बाट सुरु भएको कार्यक्रममा पुरुष भलिबल तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
अघिल्लो दुई दिन भलिबल खेल राखिएको थियो भने अन्तिम दिन कार्यक्रमका प्रमुख अतिथीमा लुम्बिनी प्रदेश सरकारका  कृषि ,भुमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी,बिशिस्ट अतिथी मदाने गाउपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवर , १ नम्बर वडा अध्यक्ष सुशील चन्द ,४ नम्बर वडा अध्यक्ष प्रेम सेन, स्थानीय जनप्रतिनिधि लगायत स्थानीयको भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । अन्तिम दिननै दर्शकको भावना अनुरुप खुल्ला लोकनृत्य साथै चर्चित लोक दोहोरी गाएक गणेश अधिकारीको प्रस्तुतिले दर्शक झुमिएको सरगम सन्जाल युवा क्लबका अध्यक्ष अनिल खत्रीले बताए ।

१ गते भलिबल तर्फ सेमि फाइनल र फाइनलका खेल हरु पनि भएका थिए ।जसमा सहभागी १७ समुह रहेको थियो । १४ औ बार्षिकोत्सबको अबसरमा आयोजित भलिबल खेलमा  गौमुखी गाउपालिकाको रोयल खुङ प्रथम , मदाने गाउपालिकाको न्यु जेनेरेशन युबा क्लब द्वितीय र मदाने भलिबल क्लब तृतीय भएका थिए। त्यस्तै नृत्य तर्फ रमिला सुनारको को टिम प्रथम, सनराइज युबा क्लब द्वितीय र सरगम सन्जाल युबा क्लब तृतीय भएका हुन ।

क्लबले कार्यक्रम मात्र नभै गुल्मी लगायत जुन सुकै ठाउमा दुखी, गरिबीहरुको मलम लगाउदै आएको छ । १४ बर्ष सम्म आईपुग्दा सम्म पुल निर्माण , विभिन्न ठाउमा प्रतीक्षालय निर्माण ,सरसफाइ अभियान लगायत बिबिध सामाजिक कार्यमा पनि क्लब उत्तिकै सकृय रहेको छ । क्लबको अहिले आफ्नै भबन ,आफ्नै खेलमैदान रहेको क्लब अध्यक्ष अनिल खत्रीले बताए।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया