मदाने गाउँपालिकामा दुईखाेली माेटरेबल पुलको उद्घाटन



अनिल खत्री


गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने दुईखोली मोटरेबल पुलको उद्घाटन गरिएको छ । मदाने गाउँपालिकाको लगानीमा पुल सम्पन्न भएको हो ।

राजेस्वरी – रेसुङ्गा दर्शन जे भि गुल्मीले २०७८ चैत ४ मा ठेक्का सम्झौता गरेको थियो । झन्डै २ बर्षको अन्तरालमा पुल सम्पन्न भएको हो । बिबिध कारणले पुलको उद्घाटन एक बर्ष पछि हुन पुगेको मदाने गाउँपालिकाका सुचना अधिकारी सुशील पोख्रेलले बताए । राजेस्वरी रेसुङ्गा दर्शन जेभी गुल्मीले एक करोड ९९ लाख ९९ हजारमा पक्की पुल निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सालिकराम पन्थीले बताए ।

पन्थीका अनुसार बर्खायाममा ४ र ५ लाई यात्रा गर्न मुस्किल पर्ने भएकोले यो योजना राखिएको बताए । अब भने बर्खाको समयमा पनि सहजै यात्रा गर्न सकिनेछ । पुलको उद्घाटन २०८२ बैशाख ३ गते गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी, वडा नम्बर ४, ५, ६ र ७ का वडा अध्यक्षहरु, कार्य पालिकाका सदस्यहरु लगायत स्थानीयको उपस्थितिमा सम्पन्न भएको गाउँपालिकाका सुचना अधिकारी सुशील पोख्रेलले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया