तम्घास बजारमा फुटपाथका सामग्री उठाउँदै रेसुङ्गा नगरपालिका



सन्तोष महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजारमा फुटपाथका सामग्री उठाउन थालेको छ । व्यवसायीहरुले सडकपेटी भन्दा बाहिरी क्षेत्र मिचेर फुटपाथमा सामग्री राखेर ट्राफिक व्यवस्थापन र पैदल यात्रीलाई असहज बनाएको भन्दै नगरपालिकाले फुटपाथका सामग्री उठाएको हो ।

बारम्बार सार्वजनिक सूचना जारी गरेर फुटपाथमा सामग्री नराख्न आग्रह गरिएको तर केही व्यवसायीहरूले अटेरी गरेपछि बाध्य भएर सामग्री उठाउनुपरेकाे रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए । फुटपाथ नै मिच्ने पाँच व्यवसायीलाई जरिवाना सहित कार्वाही गरिएको र एक सय भन्दा बढी व्यवसायीहरूलाई बिक्रीका लागि राखिने सामग्री आगामी दिनमा आफ्नो क्षेत्र भन्दा बाहिर नराख्न थप सुझाव दिइएको अधिकृत खनालले बताए ।

गुल्मीको जिल्ला सदरमुकाम तम्घास बजारमा सडक साँघुरा छन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बजारमा सवारीसाधनकाे भीड लाग्छ । यसका लागि साँघुरा सडकमा केही व्यवसायीले आफ्ना बिक्री प्रयाेजनका लागि राखिने सामग्री फुटपाथमै राख्दा सवारीसाधन आवतजावत र पैदल यात्रुलाई असहजता भइरहेको थियो । व्यवसायीहरूले फुटपाथलाई आफ्ना सामग्री राख्ने ठाउँ बनाउँदा समस्या भइरहेको थियो । फुटपाथ भनेकाे मानिस हिड्नका लागि सडक छेउमा रहेको पेटी हो । त्यही पेटीमा व्यवसायीले बिक्रीका समान राख्दा पैदलयात्रीलाई हिड्डुल गर्न समस्या भएको थियो । साथै रेसुङ्गा नगरपालिकाले फुटपाथका व्यवसाय गर्ने घुम्ती व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि निश्चित स्थान ताेकेकाे छ । ताेकिएकाे स्थानमा मात्र व्यवसाय गर्न नगरपालिकाले आग्रह गरेको छ ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गुल्मी उद्योग वाणिज्य, चेम्बर अफ कमर्श र उद्योग संघ गुल्मी लगायत सबैसँग बसेर छलफल गरेर व्यवसायीलाई पटकपटक भनिएको र अटेरी गरेपछि नगरपालिकाले थप कदम अगाडि बढाएको बताए । ‘हामीले तम्घास बजारलाई साैन्दर्य बनाउन लागेका छौं’, “यसमा सबै नागरिकको आ-आफ्नो कर्तव्य पनि त हुन्छ ।” उनले सबै मिलेर रेसुङ्गा नगरपालिकाकाे समुन्नतिका लागि थप आयाम थप्नुपर्ने बताए । नगरपालिका प्रमुख पन्थीले फुटपाथमा व्यवसायीले सामग्री राख्दा सवारीसाधन आवातजावत र पैदल यात्रुलाई राहत मिल्ने बताए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया