मदाने गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता, मदाने प्रथम



अनिल खत्री


गुल्मी ।  गुल्मीको मदाने गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप सम्पन्न भएको छ । प्युठान, अर्घाखाँची र गुल्मीको सङ्गम स्थल मदाने गाउँपालिका ७ भनभनेमा अन्तर स्थानीय तह पुरुष तथा महिला भलिबलको आयोजना गरिएको थियो ।

फागुन ७, ८ र ९ गते गरि जम्मा तिन दिन गरि यो  कार्यक्रम सम्पन्न भएको मदाने गाउँपालिकाका सूचना अधिकारि सुशील पोख्रेलले बताए । पालिकाले यो बर्ष मात्र नभई बिगत २ बर्ष अघि देखि यो कार्यक्रम सन्चालन गरिरहेको थियो । यस बर्ष भने छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिका, प्युठान जिल्लाको झिम्रुक  गाउँपालिका र गौमुखी गाउँपालिकाले पनि साथ दिएको पोख्रेलले बताए । अन्तर स्थानिय तह पुरुष भलिबल प्रतियोगिताको बिजय मदाने गाउँपालिका बनेको छ । मदाने गाउँपालिकाले ३-२ को अन्तरले मुसिकोट नगरपालिका लाई पराजित गर्दै पहिलो स्थान हासिल गरेको हो । मुसिकोट नगरपालिका दोस्रो  र इस्मा गाउँपालिका तेस्रो भएका हुन् । पुरस्कार क्रमशः पहिलोले नगद रु.१,११,१११  ट्रफी, मेडल  र प्रमाणपत्र, दोस्रोले ५५,५५५ मेडल र प्रमाणपत्र र  तेस्रोले २५,५५५ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै मदाने गाउँपालिका वडा स्तरीय महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो । महिला भलिबलमा पहिलो वडा नम्बर ३ सिर्सेनी, वडा नम्बर ५ दोस्रो मलायगिरी र वडा नम्बर ६ पुर्काेट दह तेस्रो भएका छन् । जसले क्रमशः  नगद ३३,३३३ ट्रफी, मेडल  र प्रमाणपत्र,  नगद २२,२२२ मेडल र प्रमाणपत्र र  नगद ११,१११ सहिद प्रमाणपत्र  प्राप्त गरेका छन् । पुरुष भलिबलमा जम्मा ८ स्थानीय तह बाट सहभागी भएको हो भने महिला भलिबलमा मदाने गाउँपालिका भित्र बाट जम्मा ७ समूह सहभागी भएका थिए ।

तीन दिन सम्मान सन्चालन भएको कार्यक्रम पहिलो दिन जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीबाट खेलको उद्घाटन गरिएको थियो भने समापनको दिन लुम्बिनी प्रदेशका कृषि मन्त्री  दिनेश पन्थीको प्रमुख आतिथ्यता र गाउँपालिकाका कर्मचारी बसन्त कुँवरको संचालनमा सम्पन्न भएको मदाने गाउँपालिकाका सुचना अधिकारी सुशील पोख्रेलले जानकारी दिए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया