गुल्मीमा एक जना पुरुष मृत फेला



अनिल खत्री


गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ धरमपानी निवासी ४८ वर्षको तुलबहादुर कार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कार्की माघ २६ गते घरबाट कसैलाई जानकारी नगराई हिडेका थिए । उनको सोमबार दिउँसो धरमपानि स्थित खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्ष चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली परिचालन भएको छ । मृतक कार्कीको घर परिवारमा श्रीमती र २ छोरा रहेको भन्ने बुझीएको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया