गुल्मी । वसन्त पञ्चमी तथा सरस्वती पुजा हिजो अर्थात माघ महिनाको २१ गते देशभरी मनाइएकाे छ । सोही दिन साना साना बालबालिका हरुलाई अक्षर चिनाउने देखि लिएर कुनै बिधालयमा भए नयाँ कामको थालनीका लागि समेत विशेष साइत मान्ने गरिन्छ ।
सोही अवसरमा ब्रिलियण्ट युनाईटेड एकडेमी तम्घास गुल्मीले सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१,हस्पिटल लाईन तम्घास ,गुल्मी स्थित ब्रिलियण्ट युनाईटेड एकडेमीले विद्यालयमा अबिभाबक हरुको उल्लेखनीय उपस्थितिमा विद्यार्थी भर्ना गरेको बिधालयका प्रिन्सिपल सन्तोष थापाले बताए । अक्षरारम्भको दिनमात्र ३९ जना विद्यार्थीहरूले अक्षरारम्भ गरेको थापाले बताए ।
यस उपलब्धिले विद्यालयको शैक्षिक अभियान थप बलियो बन्ने बिधालयका परिक्षा संयोजक गोमा पान्डेले बताईन ।
भर्नाको अबसरमा विद्यार्थीलाई निशुल्क कापी ,पेन ,चक्लेट ,प्रसाद लगाएतका सामग्री बितरण गरिएको थियो । ३९ जनाको बिधालय भर्ना शुल्क नलिई गरिएको हो ।यो कार्य यस बिधालयले बिगतदेखी नै गर्दै आएको प्रिन्सिपल सन्तोष थापाले बताए ।
बिधाकी देबि सरस्वतीको पुजा आजा गरि भब्यताका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिधालय ब्यब्स्थापन समिती अध्यक्ष गुणानिधी सर्मा ,बिधालयका सम्पुर्ण शिक्षक शिक्षिका,विद्यार्थी तथा अबिभाबकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थापाले बताए ।