गुल्मी । गुल्मीका तकमान विकल्पले एकल लोक गीत गायकको सर्बोत्कृस्ट अवार्ड पाएका छन् । जिल्लाको इस्मा गाउँपालिका -३ दर्लामचौरका विकल्पले ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ मा सर्बोत्कृस्ट गायक अवार्ड प्राप्त गरेका हुन् । उनले ´मुटु चस्कनी` गीत मार्फत उक्त अवार्ड पाएका हुन् ।
लोक दोहोरी गायक गणेश अधिकारीको शब्द सिर्जना रहेको ´मुटु चस्केनी` गीतमा सुनिता बुढाक्षेत्री र तकमान विकल्पको स्वर रहेको छ । चर्चित मोडल सारीका केसी र आशिष प्रताप जंगले गीतको भिडियोमा अभिनय गरेका छन् । सुजन म्युजिक प्रालिको आयोजनामा माघ १३ गते विविध कार्यक्रमका बीच भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड वितरण गरिएको थियो ।
तकमान विगत १० बर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । सर्बोत्कृस्ट गायक अवार्ड दिलाउने मुटु चस्केनी गीत उनको पहिलो एल्बम हो । गीत संगीतमा सानै उमेरदेखि रुचि भएपनी आफूले केही समस्याका कारण त्यता समय दिन नसकेको गायक विकल्पले बताए ।
गायक विकल्पले गीत संगीत गर्ने कलाकारलाई उत्कृष्ट छनोट गरेर अवार्डले सम्मान गरेकोमा संगीत क्षेत्रमा थप हौसला प्रदान गरेको बताए । उनले गीतलाई माया गर्ने दर्शक, स्रोतालाई स्मरण गर्दै आफूलाई सर्बोत्कृस्ट अवार्ड प्रदान गर्ने आयोजकलाई धन्यवाद दिए । लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गत बर्षदेखि नेपाल र भारतका दर्जनौ कलाकारहरुका बीचमा विभिन्न बिधाहरुमा उत्कृष्ट हुने कलाकारहरुलाई अवार्ड प्रदान गर्दै आएको छ ।
सुजन म्युजिक प्रालिका अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताइन्। अध्यक्ष रानाले नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसबर्ष पनि अवार्ड कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।