गुल्मी । गुल्मीमा एक जना महिला मृत अवस्थामा फेला परेका छन् । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ४ देउरालीमा रहेको मालिका पिस पार्कमा मालिका गाउँपालिका वडा नम्बर ८ की अन्दाजी ३५/४० वर्षीया गीता अर्याल मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
उनका अनुसार, शनिबार बिहान ९ बजेको समयमा मालिका पिस पार्क पश्चिम गेटमा एक महिला अचेत अवस्था रहेको खबर पछि प्रहरी टाेली घटनास्थलमा पुगेको थियो । उक्त अचेत अवस्थाकी महिलाको मृत्यु भएको र पहिचानको क्रममा उनी मालिका गाउँपालिका वडा नम्बर ८ डक्सुमारे माइती घर बस्दै आएको खुलेको हो ।
उनी यसअघि गाउँघरमा अत्याधिक मादक पदार्थ सेवन गरेर हिड्ने गरेको बताइएको छ । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।