गुल्मी । इस्मा गाउँपालिकाको १७ औ गाउँ सभा अधिबेशनमा दुई विधेक पेश भएका छन् । सभामा इस्मा गाउँपालिकाको स्थानीय वन विधेक ०८१ र इस्मा गाउँपालिकाको ब्याबसाय दर्ता तथा नवीकरण सम्बन्धमा बनेको विधेक ०८१ सभामा पेश भएको हो ।
वन वातावरण तथा विपद् व्यावस्थापन समिति संयोजक लोकनाथ आचार्यले स्थानीय वन विधेक र राजश्व परामर्श समिति सदस्य झविन्द्र अर्यालले ब्याबसाय दर्ता तथा नवीकरण सम्बन्धमा बनेको विधेक सभामा प्रस्तुत गरेका थिए । त्यस्तै बिधायन समितिको प्रतिबेदन, न्यायीक समितिको प्रतिबेदन, योजना तथा सुशासन समित प्रतिबेदन र भवन, सडक, पसल र ब्याबसाय अध्याबधिक सहितको विवरण सहितको प्रतिबेदन पनि सभामा पेश भएका छन । बिधायन समितिको प्रतिबेदन बिद्यायन समिति सदस्य बसन्त सुनार, न्यायीक समितिको प्रतिबेदन न्यायीक समिति संयोजक पार्वती कुवंर, योजना तथा सुशासन समित प्रतिबेदन योजना तथा सुशासन समिति संयोजक धन बहादुर कुवंर र भवन, सडक, पसल र ब्याबसायका अध्याबधिक सहितको विवरण सहितको प्रतिबेदन आर्थिक विकास समिति संयोजक शेर बहादुर कुवंरले सभामा पेश गरेको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभा सचिव विकेक रणपाल परियारले जानकारी दिए ।
बन बिधेकका बिषयमा सभा सदस्य पोम प्रसाद भुसालले जंगली जनावरको आतंकले मान्छे बिस्थापित हुँदै गएको अवस्थालाई सभामा ध्यानाकर्षण गराउँदै बाहिरबाट व्यावसाय गर्न आउने व्यावसायीलाई आकर्षित गर्ने कानुन निर्माणमा जोड दिए । अर्का सभा सदस्य शेर बहादुर कुवरले जमनामा इस्माका सालका काठ दरबार बनाउन समेत पुगेको स्मरण गर्दै कानुनका क्षेत्र फराकिलो बनाउँदै पर्यटन विकास र वन पैदावारसंग जोडिएका काम गर्न सहजीकरण आवश्यक रहेको बताए । साथै उनले पुराना श्रोत साधनकै मर्मत संभारभन्दा नयाँ सामग्री खरिदमा कर्मचारीतन्त्र लालयित भएको बताए ।
सभा सदस्य ज्योतिराज कुवंरले व्यावसाय बन्द हुँदै गएको अवस्थामा दायरा साँघुरो नबनाएर फराकिलो सोँचको आवश्यक रहेको औंल्याए ।
इस्मा गाउँपालिका अध्यक्ष भगत सिह खड्काले सभामा उठेका बिषयको जवाफ दिँदै वन विधेक पास भएर ऎन बनेपछि पारिवारिक निजि बनबाट काठ बिक्रि बितरण गर्न सकिने बताए । साथै व्यावसायीहरुलाई उत्साहित गर्न नीति तथा कार्यक्रममा छुटको बिषय समावेश भएको खड्काले बताए ।
उनले बिपद्को चौघेरामा इस्मा गाउँपालिका रहेको स्मरण गर्दै सचेतना र पूर्व तयारीमा जुट्न सवै सभा सदस्यलाई आग्रह गरे । उनले गत बर्ष आगलागीबाट सवैभन्दा बढि प्रभावित इस्माली जनता भएको बताउँदै खड्काले प्रदेश र संघिय सरकारले सम्झौता अनुसारको किस्ता नदिँदा ठूलो समस्या भएको बताए ।
पीडितहरुले गाउँपालिकाको रकम मात्र पाएका छन् । पीडितहरुको अवस्था र किस्ता नपाएको बिषयलाई लिएर सभाको ध्यानाकर्षण प्रदेश र संघमा पठाउने इस्मा गाउँपालिका अध्यक्ष खड्काले बताए ।