पत्रकार महासंघ गुल्मीमा पदस्थापना कार्यक्रम सम्पन्न  



Live Gulmi


गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीको नव निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । मंसिर २८ गते सम्पन्न निर्वाचबाट नवनिर्वाचित जिल्ला कार्यसमितिले एक कार्यक्रमका बिच पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले गुल्मी जिल्लामा पछिल्लो समय पत्रकार महासंले थालेको शुद्धिकरण बिवादले केहि समस्या उब्जीएको बताए । उनले वर्तमान नवननिर्वाचित कार्यसमिति सबै पत्रकारहरु भावना अनुसार साझा ढंगले कार्य सम्पादन गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।
पदस्थापना कार्यक्रम निर्वाचन कार्यमा सहयोग गर्ने निर्वाचन अधिकृत अधिवक्ता हिरा कुँवर, सदस्यहरु अधिवक्ता भिमलाल न्यौपाने र बलबहादुर कुँवरलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा गुल्मीमा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम शर्माले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने बताए । त्यस्तै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पत्रकारको स्वाभिमान कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताए ।

उनले बताउदै लोकतन्त्र बलियो हुन पत्रकार स्वाभिमानी हुनुपर्ने जोड दिए । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले सुशासन र सामाजिक न्यायका लागि पत्रकारिताले कलम चलाउनुपर्ने बताए ।
समाजमा शुसासन कार्यम गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष टोपलाल अर्यालले आफ्नो कार्यकाल सफल बनाउन सक्रिय आफ्नो नेतृत्वको कार्य समितिलाई धन्यवाद दिए ।
उनले कार्यसमितिले केहि राम्रा कामरु गरेपनि सदस्य शुद्धिकरणको बिवादले ओझेलमा परेको बताए । मंसिर २८ गते सम्पन्न भएको निवार्चनमा अध्यक्षमा अनिल खत्री, उपाध्यक्ष गगनशिला खड्का, उपाध्यक्ष सुमन महतारा, सचिब सन्तोष महतारा, सहसचिब मनोज कार्की समावेशी सहसचिब मनु सुनार, कोषाध्यक्ष सागर भण्डारी सदस्यहरु महेश बोहरा, सूर्य सुनार, इश्वरी बस्याल, अनिल खत्री निर्वाचित भएका छन् ।

Jeewan and Rajan Tailors

सातौं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार पदभार ग्रहण कार्यक्रमसँगै पहिलो बैठक सम्पन्न भएको छ । बैठकको निर्णय बमोजिम निर्वाचनमा सहयोग पु¥याउने जिल्लास्थित सुरक्षा निकाय, निर्वाचन समिति, राजनैतिक दल, निवर्तमान नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मी कार्यसमिति, साधारण सदस्यहरू, पत्रकार आवद्ध संघसंसथा, नागरिक अगुवा, शुभेच्छुक तथा शुभचिन्तक र समग्रमा सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिने निर्ण गरेको पत्रकार महासंघ गुल्मीका सचिव सन्तोष महताराले बताए ।
बैठले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणपछि आएको जटिल परिस्थितिको अवस्थामा पनि खटेर महासंघलाई यो अवस्थासम्म ल्याउने सबै पत्रकार सहकर्मीहरूलाई पनि बिशेष धन्यवाद दिने निर्णय भएको उनको भनाइ छ । श्रमजीवी र क्रियाशील पत्रकारको हक हितका लागि सदैव वकालत गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा पत्रकारिता र पत्रकार महासंघको गरिमा थप उच्च राख्न क्रियाशील रहने नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले बताए ।

The Star Family Restaurant

महासंघका आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन संचार क्षेत्रका सबै व्यक्तिलाई समेट्दै सबैसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको खत्रीको भनाइ छ ।  पत्रकार महासंघ गुल्मीमा पत्रकार शुद्धिकरणको बिवादले बिगत १९ महिनादेखि ताला लागेको थियो ।
नवननिर्वाचि कार्यसमितिले आन्दोलन रतपक्षसँग बार्ता सम्वादपछि ताला खलाएको थियो । सदस्यता बिवादले महासंघको निर्वाचन आफनै भवनमा समेत हुन सकेको थिएन ।
८५ जना साधारण सदस्य रहेकोमका अहिले पत्रकार महासंघ गुल्मीमा शुद्धिकरण पश्चात २५ जना साधारण समस्यहरु रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया