गुल्मीको रेसुङ्गामा पहिलो पटक ‘गो’ महोत्सव हुने



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गामा पहिलो पटक ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञ सञ्चालन गरिने भएको छ । जिल्लाको धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा ‘गो महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञ’ सञ्चालन गरिने भएको हो ।

रेसुङ्गा  संरक्षण समितिको आयोजनामा यहि आउदो कार्तिक ८ गते देखि कार्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञ सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताउनुभयो  । हिन्दु धार्मिक परम्परा अनुसार गाईको महत्व थप टेवा पुर्याउने उदेश्यले ‘गो’ महोत्सव आयोजना गरिएको पन्थीले बताउनुभयो  ।
महोत्सव सफल बनाउनको लागि रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालको संयोजकत्वमा १ हजार एक सय ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । १३ वटा उपसमितिहरु गठन गरेर तयारीलाई तीव्र पारिएको छ ।
महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दिर्घकालिन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने प्रमुख उद्देश्य समेत राखिएको आयोजकले जनाएको छ । यस कार्यमा सहभागी हुन न्यूनतम  ११ हजार १ सय ११ रुपियाँ भन्दा माथि र यज्ञ आयोजक समिति सदस्य बन्न १ हजार एक सय ११ रुपियाँ निर्धारण समेत समितिले गरेको छ ।

Jeewan and Rajan Tailors

२०४२ साल देखि व्यवस्थित रुपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ । अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेका छन् ।
गाईको दूध, गहुँत, गोबर समेत हिन्दु परम्परा अनुसार पवित्र मानेर पुज्ने गरिन्छ । गाईको सेवा तथा गाईदान गर्नाले मृत्युपछि वैतरणी तरिन्छ भन्ने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ ।
गाईहरुको संरक्षणका लागि रेसुंगा संरक्षण समितिले विगत पाँच वर्ष देखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको छ । रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ ।

The Star Family Restaurant

गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । बनमा चर्ने गाईको गहुतबाट विभिन्न रोगहरुको निम्ति औषधी हुने मान्यता रहि आएको छ ।
प्राय सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अबस्था गाइलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिदैँ आएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया