काठमाडौं । नेपाल वायुसेवा निगम गुल्मी समाजले दशैं तिहार तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वायुसेवा निगम कार्यरत गुल्मेली कर्मचारीहरुको साझा मञ्च नेपाल वायुसेवा निगम गुल्मी समाजले बिजया दशमी, दिपावती तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा नेपाल वायुसेवा निगमका क्वालिटी एस्सुरेन्स विभागका निर्देशक पोषण ज्ञवालीले दशैं तिहार तथा छट पर्वको अवसरमा शुभकामना दिँदै पर्व आफनो अवस्था हेरेर मनाउनु पर्नेमा जोड दिए । उनले नेपाल वायुसेवा निगमले निकै थोरै जहाज हुँदाहुदै पनि धेरै यात्रुलाई सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए । निगमनले दिने सेवामा गुणस्तर कायम गर्ने विषयमा कहिलेपनि सम्झौता नगर्ने गरेको बताए । नेपाल वायुसेवा निगमका उपनिर्देशक नारायण पौडेलले बिजया दशमी, दिपावती तथा छट पर्वको अवसरमा सबै नेपालीहरुमा शुभकामना ब्यक्त गरे ।
उनले पर्वले सबै नेपालीहरुमा खुसी उमंगका साथसाथै आत्मीएता प्रदान गरेको बताए । सिमित जहाजबाट पनि निगमनले अरबौं रकम भित्र्याउन सहयोग गरेको बताए । उनले प्रसस्त जहाज हुनेहो भने यसले भित्र्याउने आम्दानी रेमिटान्सको बिकल्प बन्न सक्ने कुरा उल्लेख गरे । शुभकामना आदानप्रदान कार्यक्रममा निगमका अर्थ विभागका उपनिर्देशक सरोज पन्थीले दशैं तिहार तथा छट पर्वले सबै नेपालीमा रोग भोक र शोकसँग लडन शक्ने प्रदान गरोस भनेर शुभकामन ब्यक्त गरे ।
उनले निगममा उर्जावान युवाहरुको आवद्धता रहेको बताए । उनले युवा कर्मचारीले वृतिविकासका साथसाथै निगम श्रीवृद्धिका लागि सधै अग्रसर रहनु पर्ने बताए । कार्यक्रममा निगमका फर्सुराम ज्ञवाली, शिसिर ज्ञवाली, कमल प्रताप सेन, नुमा न्यूरे सञ्जु पोखरेल, सुवास मरासिनीले बिजया दशमी, दिपावती तथा छट पर्वको अवसरमा शुभकामना मनतव्य राखेका थिए । नेपाल वायुसेवा निगम कार्यरत गुल्मेली कर्मचारीहरुको साझा मञ्चमा आवद्ध कर्मचारी बिच एक आपसमा आत्मीयता, सदभाव कायम गर्ने उदेश्यले दशैं तिहार तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको नेपाल वायुसेवा निगम गुल्मी समाजका अध्यक्ष दीपक पन्थीले बताए ।
कार्यक्रममा करिब ७० जना गुल्मेली कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समाजका सचिव संगम गिरीले सहजीकरण गरेका थिए ।