युवा संघ गुल्मीद्वारा अस्वभाविक वृद्धि भाडादर नियन्त्रण गर्न माग



अनिल खत्री


गुल्मी । राष्ट्रिय युवा संघ नेपाल गुल्मीले सार्वजनिक यातायातका साधनहरुमा अस्वभाविक रुपमा वृद्धि भएको भाडा दर नियन्त्रण गर्न माग गरेको छ । शुक्रबार गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा मार्फत लुम्बिनी प्रदेश सरकार, मुख्य मन्त्रीको कार्यालय नेपाल सरकार मन्त्री परिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण गराएका हुन ।

राष्ट्रिय युवा संघ नेपाल गुल्मी, अनेम संघ र अनेरास्ववियु गुल्मीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै अस्वभाविक रुपमा वृद्धि भएको भाडादर नियन्त्रण माग गरेका छन् । राजधानीबाट गुल्मी लगाएत नेपालका विभिन्न ठाँउमा आफ्नो घरदैलोमा आवत–जावत गर्ने यात्रुहरुको तिव्रता बढेको छ । यहि मौका छोपेर  गरिने भाडा वृद्धिदर प्रति प्रशासन चनासो बन्नु आग्रह गरेका छन् । नेपालीहरुको महान चाडहरु बडादशैं, दिपावली, छटपर्व र नेपाल संवत् भित्रीरहेको समयमा  बजारमा देखिने खाध्य पदार्थमा कालाबजारी, अवैध ओसार पसार महंगी र कृतिम अभाव सृजना गरी उपभोक्ता ठग्ने प्रवृति देखिएकोले प्रति गंभीर ध्यान आर्कषण भएको राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष कृष्ण आचार्यले बताए ।

Jeewan and Rajan Tailors

चोरी, डकैती लुटपाटका घटना समेत घटने भएकोले सबै सरोकारवाल पक्षसंग गंभीर हुन माग गरेको छ । समयमै पालिका वडा तहका बाटाहरु सहज आवागमनको वातावरण तयारी गर्न आग्रह गरेकोे छ । आई पर्ने विपदको सामना गर्न तैयारी रहने गरी र कालबजार नियन्त्रण गरि चाडपर्वको उल्लासपूर्ण माहोल सुजना गर्ने गंभीर ध्यान आर्कषण गराएको राष्ट्रिय अध्यक्ष आचार्यले बताए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया