गुल्मी । चाड पर्वलाई मध्यनजर राखेर गुल्मीमा खाध्यन्न पसलहरुमा अनुगमनलाई तब्रता दिइएको छ । घरेलु तथा साता उद्योग कार्यालयको अगुईमा बजार अनुगमनलाई तिब्रता दिइएको छ । चाडपर्वको मौका छोपेर बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बजार अनुगमन हुदै आएको छ ।
सदरमुकाममा मात्रै अनुगमन गर्ने तर गाउँमा रहेका पसलहरु नगरेको प्रति गुनासो वढ्ने गरेको थियो । तर यस पटक घरेलु तथा साना उद्योग कार्यालयले सदरमुकामसँगै गाउँमा रहेका पसलहरुमा अनुगमन केन्द्रित गरेको छ । जिल्ला सदरमुकाम तम्घास बजारसँगै ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरिएको हो । त्यस क्रममा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी, रातचौर रातडाँडा, मुसीकोट नगरपालिकाको वडानम्बर–३ ठूला पोखरा, बडागाउँ मैदान, मालिका गाउँपालिकाको वडानम्बर–२ दर्लिङ्ग स्थित विभिन्न पसलहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीमा प्रमुख राजीव अर्यालले बताए।
अनुगमनको क्रममा म्याद गुज्रिएका तथा उत्पादन मिति उल्लेख नभएका खाद्य सामग्री सुजी, बेसन, बिस्कुट, पाउरोटी, भूजा, कोक, चीजबल, कुरकुरे जफत गरिएको थियो । केहि पसलेहरुले व्यवसाय दर्ता नगरी चलाएका, व्यवसाय दर्ता नवीकरण फेल भएका पाइएको छ । खरिद बिक्री बिल तथा खाता व्यवस्थित नगरेको, व्यवसायको प्रकृति खुल्ने चिनारी सहितको बोर्ड नराखेका किराना पसल तथा होटल व्यवसायीलाई कानुनी दायरामा आउन सचेतना मुलक जानकारी प्रदान गर्नुको साथै सुधारको लागि निर्देशन दिइएको कार्यालय प्रमुख अर्यालले बताए । चाडपर्व नजिकिएसँगै गाउँगाउँमा स्थानीय तहरुले पनि बजार अनुगमनलाई तिब्र पारेका छन् ।
अनुगमनको क्रमम एकै ठाउमा पटक–पटक अटेर गरेर सुधानुपर्ने नसुधारे थप कारवाही पनि गरिने अर्यालले बताए । बजार अनुगमनमा व्यवसायिहरुलाई आफनो व्यावसाय दर्ता गरेर सगै म्याद गएका बस्तुहरु आफैले चेक जाँच गरेर उपभोक्ताले खान योग्य सामाग्री मात्र बिक्री बितरण अनुगमन कर्ताले सुझाव दिएका थिए ।
अनुगमनबाट फेला परेका सामाग्रीहरु जिल्लाका सरोकारवालाहरुका बिच बरामद गरिएको सामाग्री नष्ट गरिने भएको छ । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्याल, जिल्ला समन्वय समिति गुल्मीबाट दिलबहादुर थापा, कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीबाट लालमणी भण्डारी र सम्बन्धीत पालिकाका जनप्रतिनिधीको सहभागितामा सहभागितामा अनुगमन भएको थियो ।