गुल्मीमा करेन्ट लागेर घाइते महिलाको उपचारका क्रममा मृत्यु 



अनिल खत्री


गुल्मी । गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्गकी  २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।                                                                              मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो साढे ३ बजे तिर करेन्ट लागेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया