गुल्मीमा सडक सुरक्षा, लागुऔषध र साइबर अपराध सम्बन्धी सचेतना



सन्तोष महतारा


गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गुल्मीकाे सह-आयोजनामा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा साेमबार अपराध न्यूनीकरण, शान्ति सुरक्षा र सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको हो ।

५० भन्दा बढी युवाहरूलाई सहभागी गराएर उक्त बिषय सँगसँगै लागुऔषध नियन्त्रण, विद्युतीय अपराध र ट्राफिक नियम सम्बन्धी पनि सचेतना दिइएको थियो । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन भुजेल, अनुसन्धान अधिकृत श्यामकुमार गाैतमसहितका सराेकारवाला, प्रहरी, कर्मचारी, पत्रकार र युवाहरूकाे उपस्थितिमा उक्त सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको थियो ।                                                                                                                    उक्त सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले सचेतनाका बिषयमा प्रस्तुति प्रस्तुत गरेका थिए । प्रहरी निरिक्षक केसीले लागुऔषध नियन्त्रण, विद्युतीय अपराध र ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरे । उनले घटना भएपछिका राहत र उद्वारका काम गर्नुको सट्टा घटना नै हुन नदिनु प्रहरीकाे सफलता हुने बताए ।

Jeewan and Rajan Tailors

प्रस्तुतिका क्रममा प्रहरी निरीक्षक केसीले समाजका विकराल बढ्दै गएको समस्या, उक्त समस्याबाट हुने क्षति, समाधानका उपाय र कानुनी कारबाहीका सम्बन्धमा जानकारी गराएका थिए । उनलेे लागुऔषधकाे नियन्त्रणका थुप्रै प्रयास भएपनि नियन्त्रण हुन नसकेको बताए । उनले सडक सुरक्षा, लागुऔषध र साइबर अपराध सम्बन्धी भइरहेको घटना, बच्ने उपाय र हुने कानुनी कारबाही सम्बन्धी प्रस्तुतिका क्रममा सचेतना दिइएका थिए ।                                                                                    उक्त कार्यक्रममा प्रस्तुतीकरणका बिषय, सेवा प्रवाहकाे सन्दर्भ र नजिकिँदै गरेका चाडपर्वका लागि शान्ति सुरक्षाको सन्दर्भमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रम थप प्रभावकारी बनाउने बिषयमा पनि सहभागी युवाहरुबाट प्रतिक्रिया लिइएको थियो । उनीहरुले सदरमुकाम तम्घास केन्द्रित मात्रै नभएर यस्ता सचेतना कार्यक्रम ग्रामीण भेगमा पनि कार्यक्रम गर्नुपर्नेमा जाेड दिएका थिए ।

The Star Family Restaurant

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन भुजेलले समुदायमा प्रहरी पुग्ने र नागरिकसँगकाे सम्बन्धका बिषयमा आफूहरूले कार्यक्रम गरिरहेकाे र आगामी दिनमा पनि थप कार्यक्रम गर्ने बताए । उनलेे समुदाय-प्रहरी साझेदारी कार्यक्रम संचालन भइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले चाडपर्व नजिकिँदै गर्दा हुनसक्ने घटनाहरुकाे कमी गर्नका लागि सचेतना कार्यक्रम गरिरहेकाे बताए । उनलेे यसअघि क्याम्पसमा पुगेर यहीँ किसिमको कार्यक्रम गरेको, अहिले दर्जनौं ग्रामीण भेगका युवा र क्लबका युवाहरूसँग सचेतनाका कार्यक्रम गरेको बताएका छन् । उनले नागरिक र सराेकारवाला दुवैले आ-आफ्नो भूमिका निर्वाह गरेर समाजमा हुनसक्ने विभिन्न किसिमका घटनाहरूकाे नियन्त्रण गर्दै जानुपर्ने बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया