गुल्मी । गुल्मी कलाकार समाज काठमाडौंको अध्यक्षमा लोकप्रिय गायिका मञ्जु पौडेल चयन भएकी छन् । काठमाडौंमा सम्पन्न गुल्मेली कलाकारहरु दोस्रो अधिवेशनबाट मञ्जु पौडेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा बाबुराम पन्थी, प्रथम उपाध्यक्षमा रामचन्द्र चन्द, द्वितीय उपाध्यक्षमा गायत्री थापा, महासचिबमा कमल जिसी चयन भएका छन् । त्यस्तै सचिवमा सन्तोष लम्साल, कोषाध्यक्षमा सन्तोष केसी, सह–कोषाध्यक्षमा महेन्द्र भण्डारी र प्रवक्ता तुल्सिंग रनपछाई चयन भएका छन् ।
गुल्मीबाट काठमाडौंमा रहेर कलाकारिता गर्दै आएका गुल्मेली कलाकारहरु एक जुट भएका हुन् । गुल्मीबाट काठमाडौंमा रहेर कलाकारिता गर्दै आएका कलाकारहरुको हक हितका निम्ति आवाज उठान गर्न समाज स्थापन भएको अध्यक्ष एवं गायिक मञ्जु पौडेलले बताइन् । कलाकारहरुको सुख दुःख सँगै विभिन्न खाने सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा जुट कलाकारहरु एक जुट भएका हुन् ।
दशैं विशेष सांगीतिक साँझ हुने
गुल्मी कलाकार समाज काठमाडौंले गायक रामचन्द्र चन्दले विशेष सांगीतिक साँझ कार्यक्रम गर्ने भएका छन् । ‘संस्कृतिका लागि श्रष्टाका लागि’, ‘रोग बाड्न सकिन्न दुःख बाड्न सकिन्छ’ भन्ने नारा लाई आत्म साथ गर्दै यही असोज १४ गते रामचन्द्र चन्द विशेष सांगीतिक साँझ हुने भएको हो ।
काठमाडौं स्थित राष्ट्रिय नाँच घर जमलमा कार्यक्रम हुने भएको हो । गुल्मी जिल्लामा जन्मेर लोक दोहोरी गीत संगीतको क्षेत्रमा अनवरत प्रस्तुती दिँदै आएका छन् ।
गायक चन्दका दर्जनौं गीत अहिले पनि उत्तिकै मात्रामा चर्चामा रहेका छन् । बहुप्रतिभाका धनी गायक चन्दले विभिन्न बिधाका गीतहरु गाएका छन् ।
गायक चन्दले विशेष सांगीतिक साँझ कार्यक्रमको तयारी स्वरुप विभिन्न क्रियाकलापहरु गर्दै आएको कार्यक्रम संयोजक एवं गुल्मी कलाकार समाज काठमाडौंका अध्यक्ष मञ्जु पौडेलले बताइन ।