गुल्मीदरबार गाउँपालिकामा स्वास्थ्य संस्थाको वार्षिक समिक्षा



अनिल खत्री


गुल्मी । गुल्मीदरबार गाउपालिकाको स्वास्थ्य सस्थाहरुको आर्थिक ०८०/०८१ को वार्षिक समिक्षा गरिएको छ । गाउँपालिकामा भएको कार्यक्रममा पालिका भित्रका सात वटै स्वास्थ्य संस्था र पालिकाको स्वास्थ्य शाखाले एक वर्षसम्म गरेका प्रगति समिक्षा गरिएको हो ।

ग्रामीण क्षेत्रमा सरुवा रोग भन्दा नर्सर्ने रोग बढदै गएको तथ्यङ्क सार्वजनिक भएको छ । गुल्मीदरबार गाउँपालिकाले प्रस्तुत तथ्याङ्क अनुसार नसर्ने खालका जटिल रोगहरुबाट नागरिकहरुमा असर पार्दै गएको पाइएको हो । पालिकाको स्वास्थ्य शाखाको शाखा प्रमख नारायण अर्याल र अन्य सातवटा स्वास्थ्य संस्थाहरुको संस्था प्रमुखहरुले प्रगति प्रस्तुत गरेका थिए । गाउँपालिका भित्र सर्ने भन्दा नसर्ने रोग लाग्ने क्रम बढदै गएको तथ्याङक प्रस्तुत गरिएको थियो ।

Jeewan and Rajan Tailors

जस अनुसार पालिका भित्र मुटु सम्बन्धी रोगबाट १८ जना, क्यान्सर रोगबाट २६ जना, मृगौला रोगी ११ जना र इस्पाइनल एन्जुली २ जना रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण अर्यालले बताए ।  पालिका भित्र सर्ने भन्दा नसर्ने रोगका बिरामी बढदै गएकाले त्यसको न्यूनिकरणका लागि पालिकाले आबश्यक गतिबिधी सञ्चालन गर्ने अर्यालले बताए । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेका प्रगतीहरुको बारेमा प्रशंसा समेत गरिएको थियो । विभिन्न संघ संस्थाका प्रमुखहरुले पालिकाले स्थास्थ्य शाखाले गरेको प्रशंसा गरिएको थियो ।

The Star Family Restaurant

प्रगति समिक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख र सबै स्वास्थ्य सस्थाका प्रमुख बिच आर्थिक वर्ष ०८१/०८२ का लागि लागि कार्यसम्पादन सम्झौता गरिएको थियो । पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालसँग प्रमुख प्रशसाकीय अधिकृत भेषराज घिमिरेले कार्यसम्पादन सम्झौता गरिएको थियो । स्वास्थ्य संस्थाका प्रमुखहरुसँग स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले कार्यसम्पादन सम्झौता गरिएको थियो । यो कार्य जिल्लाकै नमूना कार्य रहेको छ ।

यसकार्यले स्वास्थ्यका कार्यक्रमहरु कुन कहिले कहाँ कसरी गर्ने जस्ता जानकारी हुनेछन् । प्रगति समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले गुल्मिदरबार गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका नविनतम कार्यक्रमहरु अन्य पालिकाले पनि अनुशरण गर्नुपर्ने बताए । उनले पालिकाले गर्ने स्वास्थ्य क्षेत्रका सवालमा गर्ने कार्यक्रमहरुको बारेमा आवश्यक सहयोग र समन्वयका लागि सदैब साथमा रहेको बताए । गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले पालिकामा भित्र सर्ने भन्दा नसर्ने रोगका बिरामी बढदै गएकाले जनचेतना मूलका कार्यक्रमहरु लैजाने बताए ।

स्वास्थ्य सेवालाई थप सुदृढ बनाउनका लागि सबै क्षेत्रको सहयोगले पालिकले स्वास्थ्यको क्षेत्रका धेरै प्रगती गदै आएको अध्यक्ष थापाले बताए । कार्यक्रममा स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सम्बन्धी सन्देशमूलक गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । पालिकाले पूर्वाधारको क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गतवर्ष पालिका नेपालमै पहिलो पूर्ण पोषण मैत्री स्वास्थ्य संस्थायुक्त गाउँपलिका घोषणा गरिएको छ ।

पालिकामा १५ शैयाको अस्पताल भवन निर्माणको काम सम्पन्न गरेर केहि महिना भित्रमा अस्पताल सञ्चालनमा ल्ययाउने तयारी समेत गरेको छ ।  त्यसका लागि गाउँपालिकाले ल्याब लगायतका सामाग्रीहरु प्रदेश सरकारसँग माग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एकजना बिशेषज्ञ राखेर सञ्चालन गर्ने तयारी गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया