गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु र दुई जना घाइते भएका छन् । जिल्लाकाे मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा पहिरोले दुई वटा घर पुर्दा ४ जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा मृत्यु हुनेहरुमा ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मुना बिक र बिष्णु बिकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताए । मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले घर पुरिएको हो । बिष्णु बिक र हुकुम बिकको घर पहिरोले पुरेको थियो ।
तपाईंको प्रतिक्रिया
ताजा अपडेट
- १. गुल्मीका मित्रलाल नेपालीले पहिलो प्रयासमै गरे ‘चुलु हिमाल’को सफल आरोहण
- २. तुफानको विविध खेलकुद तथा साँस्कृतिक भव्य बन्यो
- ३. गुल्मीको मालिका दर्लिङ्गमा १८ औँ वार्षिकोत्सव तथा एकादशी मेला-२०८३सञ्चालन हुँदै
- ४. इस्मा गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौतापत्रमा हस्ताक्षर
- ५. गुल्मीमा शिव दर्शन भलिबलको उपाधि गुन्धारालाई








