गुल्मी । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिकोत्सवको अवसरमा गुल्मीको विभिन्न स्थानमा फूलका बिरुवा रोपिएको छ । इन्स्योरेन्सकर्मी, जिल्ला प्रहरी कार्यालय, शिक्षक, बिद्यार्थी, स्थानीय युवा र अगुवाहरुको सहभागीतामा महेन्द्र मावि, रेसुंगा मावि र टिकटक रोडमा विभिन्न प्रकारका फूलका बिरुवा रोपिएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश संयोजक नविन पाण्डेले जानकारी दिनुभयो ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ९औँ वार्षिकोत्सवलाई वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनसँग जोडेर संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको पुरा गर्ने उदेश्यले बृक्षारोपण गरिएको पाण्डेले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रम अनुसार उपल्लो तम्घास माविका बिद्यार्थीलाई खाना खुवाउने तथा खेलकुद सामग्री वितरण गर्ने, रक्तदान जस्ता कार्यक्रमहरु पनि रहेको कम्पनीले जनाएको छ । यो कार्यक्रमले रेसुंगा नगर र युवाहरुको ‘फुलैफुलको सहर’ बनाउने अभियानमा टेवा पुगेको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास र आसपासको क्षेत्रलाई फुलैफुल बनाउन संयुक्त अभियानहरु जारी रहेका छन् । युवाहरुको फूल रोप्ने अभियानको नेतृत्व मुख्य अभियन्ता सफ्टवेयर इन्जिनियर तथा साइकल यात्री पवन दमासे गरिरहनु भएको छ । भने रेसुंगा नगरपालिकाले सामुदायिक र संस्थागत रुपमा फूल रोप्ने अभियानलाई अगाडी बढाइरहेको छ ।








