गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले चालु आर्थिक बर्षको तेस्रो चौमासिकसम्म सम्पादन गरेका काम तथा सेवाप्रवाहबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रकोट क्याम्पसको हलमा आयोजित सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेले सार्वजनिक सुनुवाईको उद्देश्य र महत्वबारे प्रकाश पार्दै चालु आर्थिक वर्षमा गाउँपालिकाबाट सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीसहित गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चालिसे तथा सम्बन्धित वडाध्यक्षहरूले नागरिकहरूले उठाएका जिज्ञासा, गुनासा, सुझाव र प्रतिक्रियाको जवाफ दिनुभएको थियो। सार्वजनिक सुनुवाईका क्रममा सहभागी नागरिकहरूले असारे विकास निर्माण, सेवा प्रवाह र सुशासन, बाँदर तथा जातिय छुवाछुत, खानेपानी समस्या, ढल निकास, कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए।
स्थानीय सरोकारवालाले उठाएका प्रश्न र समस्या केन्द्रित बिषय जिम्मेवार सवै पक्षको ध्यानाकर्षण गराउँदै समस्या समाधानमा लाग्ने जवाफदेहि वत्ताहरुले प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार टोपलाल अर्याल र भुवन भुसाल गर्नुभएको थियो।









