१६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा मुसिकोट नगरपालिका प्रथम



अनिल खत्री


गुल्मी । १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पदक तालिकामा मुसिकोट नगरपालिका प्रथम बनेको छ। वैशाख २८,२९,३० गते जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा मुसिकोट नगरपालिकाको वडानम्बर–६ को ग्वादीकाचौर खेल मैदानमा भएको हो ।

प्रतियोगितामा मुसिकोट नगरपालिकाले १३ स्वर्ण, १३ रजत र ११ कांस्यसहित कुल ३७ पदक जित्दै पहिलो स्थान हासिल गरेको लुम्बिनी खेलकुद विकास परिषद सदस्य महेश काउछाले बताए ।
त्यसैगरी, चन्द्रकोट गाउँपालिका ८ स्वर्ण, ६ रजत र १० कांस्यसहित २४ पदकका साथ दोस्रो तथा इस्मा गाउँपालिका ७ स्वर्ण, ७ रजत र ५ कांस्यसहित १९ पदकका साथ तृतीय बनेको छ।

रेसुङ्गा नगरपालिका पनि ७ स्वर्ण, ६ रजत र ६ कांस्यसहित १९ पदक जित्दै प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो । प्रतियोगितामा जिल्लाभरका १२ वटै स्थानीय तह सहभागी भएका थिए। कुल ५५ स्वर्ण, ५५ रजत र ६१ कांस्य गरी १७१ पदक वितरण गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ।

खेलकुद गतिविधिलाई व्यापक बनाउने उद्देश्यसहित जिल्लाका १२ वटै स्थानीय तहको सहभागिता रहेका थिए । प्रतियोगितामा १८ वर्ष मुनिका करिब एक हजारभन्दा बढी खेलाडीहरू रहेका थिए ।
प्रत्येक पालिकाबाट ८४ जना खेलाडी सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला र पुरुष दुवै समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
कुल ६ विभिन्न विधामा खेल सञ्चालन भएका थिए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया