रामराज्यलाई महत परिवारद्धारा २ लाख ११ हजार बढी सहयोग



टाेपलाल अर्याल


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली कुविन्देका स्वर्गीय लक्ष्मण बहादुर महतको परिवारले रामराज्य माविलाई दुई लाख रुपियाँ बढि सहयोग गरेको छ । रामराज्य माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा विद्यालयप्रति माया, सम्मान र सामाजिक उत्तरदायित्वको उदाहरणको रुपमा महत परिवारले विद्यालयमा अक्षयकोष स्थापनार्थ नगद दुई लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको बिद्यालयले जनाएको छ ।

लक्ष्मण महत स्वर्गीय सुरथ बहादुर महत तथा मोतिकला महतका छोरा हुनुहुन्थ्यो । राजन महत, डाक्टर रबिन महत, सोफिया महत र सोनिया महत रामराज्य माविका पूर्व विद्यार्थी भएकाले छोराछोरीहरु र श्रीमती टिकादेवी महत (गोमा) सहित परिवारले बुबाको सम्झनामा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेको हो । हीरक महोत्सव जस्तो ऐतिहासिक अवसरमा स्थापित गरिने उक्त अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग र विद्यालयका विविध शैक्षिक तथा सामाजिक गतिविधिमा दीर्घकालीन टेवा पुग्ने विश्वास गरिएको छोरा राजन महतले बताउनुभयो ।

परिवारको यस प्रेरणादायी सहयोगले विद्यालयप्रति पूर्व विद्यार्थीहरुको आत्मीयता, जिम्मेवारी र समर्पणलाई थप उजागर गरेको बिद्यालयका प्रध्यानाध्यापक जगत खड्काले बताउनुभयो ।
उहाँले महत परिवारप्रति विशेष आभार व्यक्त गर्दै यस्तो सहयोगले अन्य पूर्व विद्यार्थी, अभिभावक तथा समाजसेवीहरुलाई समेत शिक्षा क्षेत्रमा योगदान गर्न प्रेरणा मिल्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीहरुले शिक्षा विकासमा गरिएको यस महत्वपूर्ण योगदानलाई उदाहरणीय र अनुकरणीय कार्यका रुपमा प्रशंसा गरेका छन् । हीरक महोत्सवको अवसरमा प्राप्त यस्तो सहयोगले विद्यालयको गौरव अझ उँचो बनाएको छ । भने समाज र शिक्षाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गर्दै शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने बिद्यालयका प्रध्यानाध्यापक खड्काले बताउनुभयो ।

गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको रामराज्य मावि ६० बर्षमा प्रवेश गरेको छ । अग्रजको निकै ठुलो त्याग र समर्पणले २०२२ सालमा रामराज्य मिडिल स्कुलबाट अगाडी बढेको रामराज्यको शैक्षिक यात्रा हीरक उत्सवको दिनसम्म आइपुगेको छ । आगामी जेठ ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने हीरक महोत्सवको लागि आर्थिक सङ्कलन र व्यावस्थापकीय कार्यहरु तिव्र रुपमा भइरहेका छन् ।

( Jeevan rajan

अहिलेसम्म हीरक महोत्सवको लागि रामराज्य माविका पुर्व बिद्यार्थी तथा स्थानीय शुभचिन्तकहरु १२१ जना गरेर करिव १२ लाख रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको रामराज्य माविका लेखापाल केशव जिसीले जानकारी दिनुभयो । इस्मा गाउँपालिका–४ कल्यार घर भई वुटवल निवासी अमृत जिसीले पनि दिवङ्गत बुवाको सम्झानामा एक लाख एक हजार १११ रुपियाँ बिद्यालयलाई प्रदान गर्नुभएको छ ।

महोत्सवलाई सफल बनाउन बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्र बहादुर महतको संयोजकत्वमा १६१ सदस्यीय मुल आयोजक समिति र १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया