गुल्मीमा १०१ चालकको सडकमै आँखा परीक्षण



Live Gulmi


गुल्मी । बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गुल्मीमा चालकहरूको सडकमै आँखा परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको संयुक्त आयोजनामा बिहीबार सदरमुकाम तम्घासको प्रवेशद्वारमा यो कार्यक्रम गरिएको हो।

पश्चिम गुल्मीबाट सदरमुकाम आउँदै गरेका १०१ जना सवारी चालक तथा सहचालकको आँखा परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (SP) नारायण प्रसाद अधिकारीले जानकारी दिए। नेपाल नेत्रज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र गुल्मीको प्राविधिक सहयोगमा तम्घासको उदिनढुंगा ब्यारियर क्षेत्रमा सवारी साधन रोकेर चालकहरूको दृष्टि जाँच गरिएको थियो।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार चालकको आँखामा समस्या हुँदा सडकमा हुने जोखिम बढ्ने भएकाले सडकमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो। “गाउँगाउँबाट आउने चालकहरूको आँखामा समस्या छ/छैन भन्ने पहिचान गरी समयमै उपचार गराउन सके दुर्घटना कम हुने हाम्रो अपेक्षा छ,” उनले भने ।

लामो दूरी र कच्ची सडकमा सवारी चलाउने चालकहरूमा देखिने दृष्टिदोषका कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न यो अभियान प्रभावकारी हुने प्रहरीको विश्वास छ। अभियान अन्तर्गत आँखामा समस्या देखिएका चालकहरूलाई चिकित्सकले तत्काल आवश्यक परामर्श र उपचारका लागि सुझाव दिएका थिए।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया