गुल्मी । गुल्मीमा जीपको ठक्करबाट घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाकाे चन्द्रकोट गाउँपालिकामा जीपको ठक्करबाट वडा नम्बर ४ की ५५ वर्षीया तुल्सी थापा घाइते भएकी थिइन् ।
शनिबार साँझ लु १ ज १८३४ नम्बरको सफारी जीपले ठक्कर दिएर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
जीपले सडक क्रस गर्दै गरेको अबस्थामा भित्री सडकखण्ड रिपाहा भन्ने स्थानमा ठक्कर दिएको थियो । उनलाई प्राथमिक उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको थियो । थापाको उपचारको क्रममा गत राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी चालक र जीप प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।









