जेन्जी आन्दोलनमा फरार प्रतिवादी गुल्मीबाट पक्राउ



Live Gulmi


गुल्मी । कास्की जिल्ला कारागारबाट फरार भएका एक प्रतिवादीलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ। लागु औषध (गाँजा) मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका धादिङको गजुरी गाउँपालिका वडा नं. ८ बस्ने २५ वर्षीय डिल बहादुर डिमडुङलाई रुरुक्षेत्र गाउँपालिका–२, रुद्रवेणीबाट पक्राउ गरिएको हो।

​कास्की जिल्ला अदालतको फैसला बमोजिम कारागार चलान भएका डिमडुङ गत भदौ २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

​रुद्रवेणी क्षेत्रमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको नेतृत्वमा खटिएको टोलीले उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो। पक्राउ परेका डिमडुङलाई पुनः सम्बन्धित कारागार पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया