चन्द्रकोटमा नि:शुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न, २१८ जनाले सेवा लिए



Live Gulmi


गुल्मी । चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजना तथा लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग एवम् चन्द्रकोट आधारभूत अस्पताल, शान्तिपुर गुल्मीको व्यवस्थापनमा आज निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।

स्वास्थ्य शिविरमा महिला प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वरिष्ठ डा. शर्मिला शर्मा, रेडियोलोजिस्ट वरिष्ठ डा. वसन्त शर्मा, हाडजोर्नी, नशा तथा मेरुदण्ड रोग विशेषज्ञ वरिष्ठ डा. जयराज शर्मा र डा. विकेश गुप्ता सहभागी रहनुभएको थियो। त्यसैगरी जनरल फिजिसियनतर्फ वरिष्ठ डा. महेशराज घिमिरे र डा. विजेश गुप्ता, बालरोग विशेषज्ञ डा. सजु अर्याल तथा जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. आशिस मल्ललगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो।

शिविरमा निशुल्क आँखा उपचार, ईसीजी, भिडियो एक्स–रे तथा ल्याब परीक्षणसमेत सञ्चालन गरिएको थियो। शिविरबाट कुल २१८ जना सेवाग्राहीहरूले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिएका थिए। शिविरकै अवसरमा चन्द्रकोट गाउँपालिकाको समग्र स्वास्थ्य सेवा सुदृढीकरणका लागि चन्द्रकोट आधारभूत अस्पतालका नाममा सीबीसी हेमाटोलोजी एनालाइजर १ थान, ओपीओसीटी एनालाइजर १ थान, सेमी बायोकेमेस्ट्री एनालाइजर १ थान तथा सेन्ट्रिफ्युज एनालाइजर मेसिन १ थान उपलब्ध गराउने सत्यवती–६, गुल्मी निवासी हाल स्वास्थ्य सेवा विभाग, टेकु काठमाडौंमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत वसन्त कुमार श्रेष्ठ, साथै थाप्ले सत्यवती मेडिकल तथा थाप्ले सत्यवती सर्जिकेम, मैत्रीपथ बुटवललाई सम्मान गरिएको थियो।

समापन कार्यक्रम चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, नि. प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्मा, वडाध्यक्षहरू, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू, गाउँपालिकामा कार्यरत कर्मचारीहरू, अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया