रेसुङ्गा पार्कमा छ महिनाको अवधिमा २१ हजार बढी पर्यटकद्वारा भ्रमण



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा गर्जुरामा रहेकाे रेसुङ्गा पार्कमा ६ महिनाकाे समयमा एक्काईस हजार नागरिकले भ्रमण गरेका छन् । गत आर्थिक बर्ष ०८०/०८१ मा ५ महिना र याे बर्ष ०८१/०८२ मा साउन महिनामा गरि ६ महिना पार्क सञ्चालन भएको हाे ।                                                                                       पार्क सञ्चालन गर्न सुरु भएको छ महिनाकाे समयमा २१ हजार पर्यटकले भ्रमण गरेकाे रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए । पार्क गत आर्थिक बर्षकाे फागुन देखि सञ्चालनमा आएकोे थियो । अहिलेसम्म झण्डै ८ लाख रुपैयाँ राजस्व उठेको प्रशासकिय अधिकृत पल्लीले जानकारी दिएका छन् । फागुनदेखि असार सम्म अठार हजार र साउन महिनामा तीन हजार गरि जम्मा २१ हजार नागरिकले रेसुङ्गा पार्कमा भ्रमण गरेका छन् ।                                                                             रेसुङ्गालाई पर्यटकीय हव बनाउनका निमित्त रेसुङ्गा नगरपालिका लागिरहेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । उनले गत बर्ष नै साइकिलिङका लागि टेण्डर भैसकेकोले छिटै नै काम सकिएपछि पार्क र साइकलिङकाे जिम्मेवारी निजी कम्पनीलाई दिएर सञ्चालन गरिने उनलेे बताएका छन् । पार्कलाइ अहिले नगरपालिकाले ४ जना कर्मचारी राखेर सञ्चालन गरेको छ ।                                                                                  पार्कमा भ्रमण गर्न बिदेशी नागरिकलाई एक सय ५०, बिद्यार्थी र जेष्ठ नागरिकलाई २० रुपैयाँ र अन्य सर्वसाधारण नागरिकलाई ५० रुपैयाँ शुल्क लाग्ने गर्दछ । पार्कमा अहिले फाेटाे खिच्न व्यावस्था समेत नगरपालिकाले मिलाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया