गुल्मीमा पहिरोले पुरिँदा दुई घरपरिवारका चार जनाको मृत्यु



सन्तोष महतारा


गुल्मी । गुल्मीमा पहिरोले पुरिँदा दुई घरपरिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ पौंदीअमराई बिसौनामा पहिरोले पुरिँदा दुई घरपरिवारका चार जनाको मृत्यु भएको हो ।                                                                                 बिसौनाका ३१ वर्षीय बिष्णु बिकको घर पहिराले पुरिँदा आमा ६६ वर्षीया मसुरी बिक र छोरी अढाई वर्षीया रियन्सी बिक र सोही घर नजिकै गोठमा पुगेका ६७ वर्षीय हुकुम बिक र उनका छोरा ४६ वर्षीय गोरे बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रामकुमार केसीले जानकारी दिए । उनले पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको पुष्टि गरे । उक्त घटनाबाट बिष्णु र उनकी श्रीमती २३ वर्षीया मुना बिक घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।                                                                                  मसुरी र हुकुम दाजुबहिनी हुन् । उनीहरुको घर नजिक नजिक रहेको थियो । उक्त पहिरोबाट गोठमा पुगेको क्षतिले एक गोरु मरेको छ भने एक गोरु सकुशल निकालिएको थियो । पहिरोले हुकुमको परिवार बस्ने घरमा क्षति पुगेको छैन् भने उनीहरुको गोठ र बिष्णुको घर पूर्ण रुपमा क्षति भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया