रेसुङ्गा नगरपालिकामा वार्षिक प्रगति समिक्षा, आगामी कार्यक्रम कार्यान्वयनमा सहज हुने अपेक्षा



सन्तोष महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक प्रगति समिक्षा गरेको छ । नगरपालिकाले बुधबार सभाहलमा जनप्रतिनिधि, कर्मचारी र पत्रकारको उपस्थितिका बीचमा वार्षिक प्रगति समिक्षा गरेको हो ।

पशु विकास शाखाको तर्फबाट हिक्मत सिंह महराले वार्षिक कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए । नगरपालिकाबाट कृत्रिम गर्भाधान, पशु विमा कार्यक्रम, पशु उपचार सेवा, नि:शुल्क औसधि वितरण, रेबिज नियन्त्रण र महामारी तथा आकस्मिक राेग नियन्त्रण कार्यक्रमहरु सम्पन्न भएका छन् ।                                                                            स्वास्थ्य शाखाकाे तर्फबाट शाखाकाे तर्फबाट सिर्जना पाेखरेलले शाखाबाट भएका वार्षिक गतिविधि सम्बन्धी प्रस्तुतिकरण राखेकी थिइन् । उक्त शाखाबाट कम्युनिटि डट्स कार्यक्रम, प्रजनन रुग्णता सेवा, सिबिआईएमएनआईसी कार्यक्रम, सामुदायिक स्वास्थ्य स्वयंसेविका अन्तर्गत कार्यक्रम, पाेषण कार्यक्रम, अभिमुखीकरण कार्यक्रम, नियमित खाेप सुदृढीकरण र सरसफाइ प्रवर्द्धन कार्यक्रम, स्वास्थ्य क्षेत्रकाे चाैमासिक तथा वार्षिक समिक्षा, उपचारात्मक सेवा, आकस्मिक स्वास्थ्य सेवा, परिवार नियाेजन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम, किशोरकिशोरी स्वास्थ्य सेवा कार्यक्रम, मृगौला प्रत्यारोपण गरेर डायलाइसिस गरेका बिरामीलाई लाग्ने खर्च बापत रकम हस्तान्तरण, विश्व रक्तचाप दिवस र आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम, दीर्घ राेगी उपचार सेवा, आमासँग नगरपालिका कार्यक्रम र प्रसुति तथा सुत्केरी एम्बुलेन्स सेवा लगायतका थुप्रै कार्यक्रमहरु स्वास्थ्य शाखाबाट भएका छन् ।

Jeewan and Rajan Tailors

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकाे तर्फबाट कल्पना पाण्डेले वार्षिक कार्यक्रमहरु सम्बन्धी प्रस्तुतीकरण राखेकी थिइन् । उक्त शाखाबाट अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम, सकारात्मक साेंच सम्बन्धी कार्यक्रम, क्षमता विकास गाेष्ठी, घुम्ती सेवा, बालमैत्री स्थानीय शासन कार्यक्रम, उद्यमशीलता विकास सहजीकरण कार्यक्रम, आदिवासी, जनजाति तथा दलित विकास सम्बन्धी कार्यक्रम, अपाङ्गता परिचय वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण लगायतका कार्यक्रमहरु भएका छन् ।                                                                          शिक्षा शाखाको तर्फबाट राममणी पन्थीले वर्षभरिमा सम्पादित कार्यहरू सम्बन्धी प्रस्तुतीकरण राखेका थिए । उक्त शाखाबाट बालविकास सहजकर्ता पारिश्रमिक, बिशेष छात्रवृत्ति कार्यक्रम, अतिरिक्त क्रियाकलाप संचालन, खेलकुद प्रवर्द्धन कार्यक्रम, सामुदायिक सिकाइ केन्द्रका लागि सहयोग, आईसिटी ल्याब, साइन्स ल्याब, विद्यालय भवन निर्माण, शिक्षण सहयोग अनुदान र शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम लगायतका कार्यक्रमहरु भएका छन् ।

The Star Family Restaurant

कृषि विकास शाखाको तर्फबाट कुसुम भण्डारीले वार्षिक कार्यहरू सम्बन्धी प्रस्तुतीकरण राखेकी थिइन् । उक्त शाखाबाट रेथाने वाली प्रवर्द्धन कार्यक्रम, कृषि पशुपंछी तथा मत्स्य तथ्यांक अध्यावधिक कार्यक्रम, फलफूल प्रवर्द्धन कार्यक्रम, किसान सुचिकरण कार्यक्रम, आलु प्रवर्द्धन कार्यक्रम, उत्कृष्ट कृषक सम्मान कार्यक्रम, बाली विकास कार्यक्रम, बाली संरक्षण कार्यक्रम, मागमा आधारित कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम र कृषि उत्पादन सामग्री हस्तान्तरण कार्यक्रम लगायतका कार्यक्रमहरु भएका छन् ।

प्रधानमन्त्री राेजगार कार्यक्रम राेजगार सेवा केन्द्र शाखाकाे तर्फबाट मिना श्रीपालीले वार्षिक कार्यहरू सम्बन्धी प्रस्तुतीकरण राखेकी थिइन् । उक्त शाखाबाट श्रमको सम्मान राष्ट्रकाे अभियान कार्यक्रम, राेजगारदाता सम्मान, सुझाव संकलन, बेराेजगार सूचीकृत, एक सय दिने राेजगार प्रदान, सडकको नाली सफाइ, कुलाे निर्माण, सिँढी निर्माण र पर्यटकीय स्थलको सरसफाइ कार्यक्रम लगायतका कार्यक्रम भएका छन् ।

वन वातावरण तथा विपद् व्यवस्थापन शाखाको तर्फबाट गुणाखर पाण्डेले वार्षिक कार्यहरु सम्बन्धी प्रस्तुतीकरण राखेका थिए । उक्त शाखाबाट सार्वजनिक शाैचालय मर्मत, सामुदायिक वनमा नमुना कार्यक्रम, विपद् व्यवस्थापन काेष कार्यक्रम, खानेपानी सेवा, सेनेटरी सेवा, ट्याक्टर तथा ट्रली सेवा, दमकल सेवा, वातावरणीय सरसफाइ तथा सौन्दर्यकरण कार्यक्रम, जाँड हिँड रेसुङ्गालाई प्रभावकारी रुपमा संचालनर अस्थायी आवास निर्माण, चुहिने छाना भएकाहरुलाई राहत र विपद् व्यवस्थापन लगायतका कार्यक्रमहरु भएका छन् ।

त्यसैगरी समग्रमा नगरपालिकाकाे तर्फबाट समग्र वार्षिक प्रगति विवरण लेखा अधिकृत विन्दु पन्थीले प्रस्तुत गरेकी थिइन् । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा चालुतर्फ र पुँजीगततर्फ गरी जम्मा ८८.२४ प्रतिशत प्रगति भएको छ । नगरपालिकाले एक करोड ८० लाख आन्तरिक आम्दानी गरेको थियो ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले वार्षिक प्रगति समिक्षा कार्यक्रम गर्नका लागि मात्रै नभएर विगतको निर्मम समिक्षा र आगामी दिनमा थप प्रभावकारी कार्यक्रम कार्यान्वयका लागि गरेको बताए । उनले संघीयताकाे मर्मअनुसार स्थानीय तहमा बजेट नआएको बताए । उनले स्थानीय आवश्यकता र मागलाई बेवास्ता गरेर ताेकिएर आउने बजेट तथा कार्यक्रमले स्थानीय सरकारलाई संघीयताकाे अनुभुती नदिने भन्दै उनले तीनै तहका सरकारकाे सहकार्य, सहअस्तित्व र समझदारीमा कार्यक्रम कार्यान्वयन हुनुपर्ने बताए ।

नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका रेसुङ्गा नगरपालिका नगर प्रमुख पन्थीले प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा आफूले दुई आर्थिक वर्षमा ४२ किलोमिटर सडक कालाेपत्रे गर्न सकेको बताए । उनले आगामी दिनमा नगरकाे विकासलाई जुरुक्क माथि उठाउन सक्ने बताए । सिङ्गो जिल्लाकाे विकासलाई समेत ध्यानमा राखेर स्वास्थ्य, शिक्षा, पर्यटकीय, खानेपानी र पूर्वाधारको क्षेत्रमा विकास गरेको नेपाली काँग्रेस गुल्मीका सभापति समेत रहेका रेसुङगा नगरपालिका प्रमुख पन्थीले बताए ।

नगरप्रमुख पन्थीले वार्षिक प्रगति समिक्षाबाट आगामी कार्यक्रम कार्यान्वयनमा सहज हुने अपेक्षा राखिएकाे बताए ।

  • रेसुङ्गा नगरपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन भएका मुख्यमुख्य क्रियाकलापहरु

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया