अक्सिजन कन्सनटेटर लिएर बिरामीको स्वास्थ्य अवस्था बुझ्न घरमै पुग्छन् नगरप्रमुख पन्थी



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले दम र निमाेनियाका बिरामी भेट्न कन्सनटेटर र स्वास्थ्यकर्मी लिएर घरमै पुग्न थालेका छन् ।                                                                                 मंगलबार मेयर पन्थी स्वास्थ्य शाखामा कार्यरत कर्मचारी लिएर नगरपालिकाकाे वडा नम्बर ४ काे अर्खालेमा रहेका दमका बिरामीकाे स्वास्थ्य अवस्था बुझ्न अक्सिजन कन्सनटेटरले कत्तिको सहयोग पुगेको छ भन्ने हेर्नका लागि पुगेका थिए ।                                                                       बिरामी भेट्न पुगेका मेयर पन्थीलेले अक्सिजन कन्सनटेटर आवस्यक पर्दा सम्म राख्न र समस्या पर्दा सहयोग गर्न नगरपालिका जुनसुकै बेला तयार रहेको उनले बताए ।
नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि  नगरपालिकामा (स्वासप्रस्वास ) सम्बन्धि  दम र निमाेनियाका बिरामीकाे सङ्ख्या बढि र बिरामीले कन्सनटेटर किन्न समेत नसक्ने अवस्था देखेपछि नगरपालिकाले कन्सनटेटर किन्ने निर्णय गरिएकाे नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।                                                                              अहिले नगरपालिकाका ५५ जना बृद्धअबश्थाका नागरिक दम र निमाेनिय ( स्वासप्रस्वास ) सम्बन्धि समस्याका बिरामीले नगरपालिकाकाे अक्सिजन कन्सनटेटर प्रयाेग गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया