गुल्मीमा विद्यालय व्यवस्थापन समितिमा निर्वाचन, विवादपछि मतपेटिका तम्घास ल्याइयो



सन्तोष महतारा


गुल्मी । गुल्मीमा विद्यालय व्यवस्थापन समितिमा निर्वाचन भएको छ । मतगणनाकाे क्रममा विवाद भएपछि मतपेटिका सदरमुकाम तम्घास ल्याइएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनपछि मतगणनाकाे क्रममा विवाद भएर मिल्न नसक्दा मतपेटिका जिल्लाकाे सदरमुकाम तम्घास ल्याइएको छ ।

मतगणनाकाे क्रममा ७५ मत गणना भइसकेको थियो । २५ मतपत्रकाे एक मुठ्ठा गणना गर्ने क्रममा विवाद सुरु भएको थियो । उक्त विवादपछि मतपेटिका तम्घास ल्याइएको जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मी सूचना अधिकारी अमर केसीले जानकारी दिए । त्यो २५ मतपेटिका बाहेक अझै तीन सय २० मतपत्र गणना गर्न बाँकी छ ।

Jeewan and Rajan Tailors

विद्यालय व्यवस्थापन समितिमा खुला दुई जना र महिला दुई जना प्रत्यक्ष चुनिने व्यवस्था भएकोमा खुला दुईमा चार जना र महिला दुईमा चार जनाको गरी चार पदमा आठ जनाको उमेदवारी रहेको थियो । यो चार बाहेक एक वडा प्रतिनिधि, एक सदस्य सचिव, एक शिक्षक प्रतिनिधि र दुई जना वडा शिक्षा समितिले मनाेनित गरि नाै जनाको विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था छ । निर्वाचित सदस्यहरु बाट अध्यक्षसहित अन्य सदस्य र सदस्य सचिव रहने व्यवस्था छ ।

The Star Family Restaurant

विद्यालयमा राजनीति पार्टीको स्वार्थ नमिल्दा सहमति हुन नसकेपछि यसरी निर्वाचन हुन पुगेको हो । विद्यालय व्यवस्थापन समितिकाे निर्वाचनमा मतदाता विद्यालयका अभिभावक हुनेगर्छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया