रेसुङ्गा नगरपालिकाले ल्यायो ७८ करोड ३५ लाख बढीको वार्षिक बजेट



सन्तोष महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले ७८ करोड ३५ लाख बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकाे १५ औं नगरसभामा सोमबार नगरपालिका प्रमुख खिलध्वज पन्थीले कुल ७८ करोड ३५ लाख पाँच हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।                                                                               जस अन्तर्गत चालु बजेट तर्फ ५६ करोड २० लाख ७८ हजार रहेको छ । पुँजीगत तर्फ २२ करोड १४ लाख २७ हजार रुपैयाँ रहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि गत शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियोे । साेही आधारमा नगरपालिकाले वार्षिक बजेट सार्वजनिक गरेको हो ।                                                                               नगरपालिकाले स्वास्थ्य, शिक्षा र पर्यटनका क्षेत्रमा आमूल परिवर्तन ल्याउने नीति तथा कार्यक्रमकै आधारमा बजेट बाँडफाँडमा प्राथमिकता दिइएको छ । ‘गुल्मी अस्पताल मेरो अस्पताल’ भन्ने नाराकाे मुर्तरुप, तम्घास बजार उज्यालो सहरका रुपमा विकसित, हरियाली सहर र जनता केन्द्रित स्थानीय सरकार लगायतका कार्यक्रमहरुलाई अगाडि सारेको छ । नगरपालिकाले प्रदेश र संंघ सरकारबाट समुन्नत रेसुङ्गाकाे सपना साकार पार्न करोडौं बजेेट सुनिश्चित पनि गरिसकेको रेसुङ्गा नगरपालिका प्रमुख खिधल्वज पन्थीले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया