गुल्मीदरबारको वीरबासमा क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न



नवीन कार्की


नवीन कार्की, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । गाउँपालिकाको ४ नम्बर वडा कार्यालय वीरवासको आयोजना तथा सुसम मिडिया प्रा.लि (लाइभ गुल्मी) को सहजीकरणमा बुधबार र बिहिबार दुई दिने दलित लक्षित कार्यक्रम अन्तर्गत क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हो ।                                                     बुधबार सुसम मिडिया प्रा.लि (लाइभ गुल्मी) का अध्यक्ष सन्तोष महताराले संचालन गरेको कार्यक्रम गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवीराम पोख्रेलको अध्यक्षतासँगै सुरु भएको थियो । राष्ट्रिय गानमा सहभागी हुँदै वडा सदस्य सरस्वती स्वर्णकारको स्वागत मनतव्यबाट उपस्थित अतिथि र सहभागी ५० भन्दा बढी महिलालाई स्वागत गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवीराम पाेख्रेलले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै औपचारिक कार्यक्रमको समापन र प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा मनतब्य राख्दै वडाध्यक्ष पोख्रेलले क्षमता पहिचान नहुँदा पिछडिएका वर्ग सधैं पिछडिएका कारण क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताए । उनले कार्यक्रममा उत्साहपुर्ण सहभागिताका लागि सहभागी सबैलाई आग्रह गरे ।                                                                        प्रशिक्षण कार्यक्रम मुख्य प्रशिक्षक राेशन सिंह ठकुरीले आफ्नो प्रस्तुतिसँगै शुभारम्भ गरे । उनले नेतृत्व विकास, उद्घोषण र क्षमता अभिवृद्धिको बिषयमा प्रशिक्षण दिए । ठकुरीले व्यवहारिक ज्ञानसँगै जीवनउपयोगी ज्ञान, क्षमता विकास, बोल्ने शैली र कला लगायतको बिषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै प्रशिक्षक सन्तोष गहतराजले नेतृत्व विकास, उद्घाेषण र क्षमता अभिवृद्धिको बिषयमा प्रशिक्षण दिए । यो क्रम बुधबार औपचारिक कार्यक्रम समापनपछि बिहिबार साँझ समापन कार्यक्रम अघिसम्म निरन्तर चलेको थियो ।

Jeewan and Rajan Tailors

दुईदिने प्रशिक्षण कार्यक्रमको बिहिबार समापनको क्रममा सहभागीको तर्फबाट प्रतिनिधिमुलक चार जनाले आफूले सिकेको र कार्यक्रमको प्रभावकारिताका बिषयमा जानकारी गराएका थिए । सहभागी सोना परियारले प्रशिक्षण कार्यक्रम निकै उपलब्धिमुलक भएकोले आगामी दिनमा पनि कार्यक्रम राख्नुपर्ने बताइन् । उनले क्षमता विकास सम्बन्धी राखिएको प्रशिक्षणबाट कार्यक्रम संचालन, परिचय, बोल्ने कला र सीप, ब्यक्तित्व विकास, क्षमता विकास, नेतृत्व विकास र उद्घोषण सम्बन्धी धेरै सिक्न पाएको बताइन् । प्रशिक्षण कार्यक्रममा सहभागी अन्यले पनि सोही अनुसारको भनाइ राखेका थिए । प्रशिक्षण कार्यक्रमबाट आफूहरू सन्तुष्ट रहेको र आगामी दिनमा यस्तै कार्यक्रममा सहभागी हुन इच्छुक रहेको सहभागीले बताएका थिए ।

The Star Family Restaurant

गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवीराम पोख्रेलले सहभागी सबैलाई प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रशिक्षकको भुमिकामा रहेका मुख्य प्रशिक्षक रोशन सिंह ठकुरी र प्रशिक्षक सन्तोष गहतराजलाई सम्मान पत्रले सम्मान गरिएको थियो । वडाध्यक्ष पोख्रेलले प्रशिक्षकलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । सुसम मिडिया प्रा.लि (लाइभ गुल्मी) का अध्यक्ष सन्तोष महताराले कार्यक्रमको सहजीकरण गर्ने अवसर प्रदान गरेकोमा वडाध्यक्ष साथै वडा कार्यालय परिवारलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरणको भुमिकामा सुसम मिडिया प्रा.लिको तर्फबाट सुमन महतारा रहेका थिए ।

कार्यक्रमको समापन गर्दै वडाध्यक्ष देवीरराम पोख्रेलले प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको बताएका थिए । उनले कार्यक्रमको सहजीकरण गर्ने मिडिया, सहजकर्ता, प्रशिक्षक, सहभागी सबै र सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तै कार्यक्रम टाेलटाेलमा सबैलाई दिने बताएका थिए । वडाध्यक्ष पोख्रेलले सबै नागरिकको क्षमता विकास हुन जरुरी रहेकोले यो कार्यक्रम आयोजना गरेको र उत्साहजनक सहभागी भएकोमा सबैलाई धन्यवाद दिएका थिए । सानै उनलेे दुई दिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम समापन गरेका थिए ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया