गुल्मीमा प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै



सन्तोष महतारा


गुल्मी । गुल्मीमा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनुभएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित जिल्ला ब्याडमिन्टन संघको कभर्ड हलमा चैत ९ देखि ११ गतेसम्म प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । जाउँ हिड रेसुङ्गा अभियानलाई जाेड्दै जिल्ला ब्याडमिन्टन संघको आयोजनमा प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने संघका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । प्रतियोगिता अन्तर्गत अन्तर्गत खुल्ला पुरुष डबल, ३५ प्लस भेन्ट्रान्स, ४५ प्लस भेन्ट्रान्स, ५५ प्लस भेन्ट्रान्स, खुला पुरुष सिंगल, खुला महिला डबल र खुला पुरुष ग्रेड बी गरी सात विधाका खेल हुनेछन् ।

खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता विजेता पुरस्कार ६० हजार, प्रथम उपविजेता पुरस्कार ४० हजार र दोस्रो उपविजेता पुरस्कार २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क तीन हजार रहेको छ । ३५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार ४० हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ । ४५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार ४० हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ । ५५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ । खुला पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।

Jeewan and Rajan Tailors

खुला महिला डबल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ । खुला पुरुष ग्रेड बी ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ । ब्याडमिन्टन प्रतियोगिताकाे राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लुम्बिनी र जिल्ला खेलकुद विकास समिति प्रबर्दककाे रुपमा रहेका छन् । ब्याडमिन्टन प्रतियोगिताकाे सबै तयारी पुरा भएको जिल्ला ब्याडमिन्टन संघ गुल्मीका सचिव सुरेश श्रेष्ठले बताए ।

The Star Family Restaurant

जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठले ब्याडमिन्टन खेलकाे चाैतर्फी विकास, पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन र समग्र आर्थिक विकासको लागि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बताए । ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुला पुरुष डबल र खुला पुरुष सिंगलमा टप २० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउनेछन् । खेलकाे समग्र खर्च २१ लाख ६० हजार रुपैयाँ अनुमान गरिएको छ । पाँच सय भन्दा बढी खेलाडी सहभागी हुने आयोजककाे अपेक्षा छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया