गुल्मी । गुल्मीको गुल्मीदरबार कृषि तथा पशु उधसिलता बिकास परियोजना कार्यक्रम सम्पन्न भएको छ । गुल्मी दरबार गाउपालिका र हेफर प्रोजेक्ट नेपाल र नव प्रभात युवा संघको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रम संयोजक हरिकृष्ण बिकले कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए । २०७८ मङसिर बाट सन्चालित कार्यक्रम अहिले सकिएको हो ।
कार्यक्रममा पालिकाका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा , प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थी लगायत कार्यपालिका सदस्य , पालिकाका कर्मचारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले गरिवि निवारण गर्न यो कार्यक्रम गरिएको बताए । पालिकाका स्थानीय जनताको आय आर्जन वृद्धि गर्न पालिका सधै साथमा रहेको बताए।