गुल्मीको मदानेमा अन्तर स्थानीय तह भलिबल प्रतियोगिता हुँदै



सन्तोष महतारा


गुल्मी । गुल्मीको मदानेमा अन्तर स्थानीय तह भलिबल प्रतियोगिता संचालन हुँदैछ । गाउँपालिकाले दाेस्राे अध्यक्षकप भलिबल प्रतियोगिता वडा नम्बर ७ कुडापानी भनभनेमा फागुन ७ गतेदेखि संचालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।

गुल्मी जिल्लाका स्थानीय तहबाट सहभागी हुन पाइने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । त्यस्तै द्वितीय पुरस्कार ५५ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ । साथै तृतीय पुरस्कार २५ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ । समूह दर्ताको लागि ६ गते १ बजेसम्म गाउँपालिकाकाे कार्यालय पुर्काेट दहमा सम्पर्क गर्नुपर्नेछ ।

Jeewan and Rajan Tailors

त्यस्तै गाउँपालिका दाेस्राे अध्यक्ष कप भलिबल प्रतियोगितामै वडा स्तरीय महिला भलिबल प्रतियोगिताकाे आयोजना गरेको छ । मदाने गाउँपालिकाका वडाबाट सहभागी हुन पाइने उक्त भलिबल प्रतियोगिता अन्तर पालिका स्तरीय भलिबल प्रतियाेगिता हुने स्थान र समयमा हुनेछ । समूह दर्ताकाे लागि पनि साेही बमोजिम गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

The Star Family Restaurant

वडा स्तरीय महिला भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ । त्यस्तै द्वितीय पुरस्कार २२ हजार दुई सय २२ रुपैयाँ रहेको छ । साथै तृतीय पुरस्कार ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

भलिबल प्रतियोगिता फागुन ७ गतेदेखि ९ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले कर कट्टीसहित नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरस्कारकाे पनि व्यवस्था गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया