रेसुंगा, स्वर्गद्वारी र सुपादेउराली जोड्न फागुनदेखि दैनिक बस चल्ने



सन्तोष महतारा


गुल्मी । गुल्मीको रेसुंगा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी दैनिक बस संचालन हुनेभएको छ । फागुन १ गतेदेखि प्युठानकाे स्वर्गद्वारी-मच्छी-सौतामारे हुँदै रेसुंगा र स्वर्गद्वारी देखि सुपादेउराली दैनिक बस संचालन हुन लागेको प्युठानकाे झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकारी दिए ।

उनका अनुसार, प्युठानकाे मच्छीबाट सुपादेउरालीका लागि दैनिक जीप संचालन हुनेछ । शुक्रबार प्युठानकाे झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलको पहलमा गुल्मी यातायात, देउराली यातायात र स्वर्गद्वारी यातायातसँगकाे छलफलमा उक्त निर्णय गरिएको हो ।

Jeewan and Rajan Tailors

तीन वटा जिल्लाका पर्यटकीय क्षेत्रमा यसरी सार्वजनिक यातायात (बस) संचालन गरेपछि थप पर्यटक बढ्ने प्युठानकाे झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले बताए । उनकै मुख्य पहलमा यी तीन धार्मिक पर्यटकीय क्षेत्र जोड्नको लागि सार्वजनिक यातायात चलाउने निर्णय भएको हो ।

The Star Family Restaurant

भाडादरकाे बिषयमा थप छलफल हुनेछ । यात्रुका आधारमा स्वर्गद्वारी-मच्छी-सौतामारे हुँदै रेसुंगा र स्वर्गद्वारी देखि सुपादेउराली दोहोरो बस सेवा संचालन गर्ने तयारी छ । पश्चिम क्षेत्रका मुख्य धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्र रेसुंगा, स्वर्गद्वारी र सुपादेउरालीमा सार्वजनिक यातायात संचालन भएपछि थप पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया